May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

रास्वपा सरकारका विषयमा निर्णय लिने तयारी गर्दै

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १६:0२
रास्वपा सरकारका विषयमा निर्णय लिने तयारी गर्दै

काठमाडौं । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारका विषयमा निर्णय लिने तयारी गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा निर्णय गर्न लागेको हो ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार (भोलि) बस्दै छ । बैठकका विभिन्न एजेन्डामध्ये सरकारमा सहभागी वा बहिर्गमन पनि एक रहेको पार्टी उपसभापति एवं सांसद डीपी अर्यालले जानकारी दिए ।

“हाम्रो केन्द्रीय समिति र संसदीय दलको बैठक भोलि बस्दै छ,” उनले बाह्रखरीसित भने, “हाम्रा धेरै एजेन्डामध्ये यो (सरकारको विषय) पनि एक हो । हामी बैठकबाट औपचारिक छलफल गर्छौँ र निर्णय लिन्छौँ । अहिलेसम्म हामीले प्रतिक्रिया दिने गरी निर्णय गरिसकेका छैनौँ ।”

गएको पुस १० गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहित सातदलीय गठबन्धनको सरकार बन्दा रास्वापा पनि त्यसको एक घटक थियो । त्यसपछि फागुनमा बनेको नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धनमा रास्वपा सामेल छ । वैशाख १० गते उपनिर्वाचन सम्पन्न भएसँगै रास्वपाले सरकारका विषयमा निर्णय लिन लागेको हो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।