May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौंबाट अब सिधै चीनको छिन्ताओ शहर पुग्न सकिने

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १३:0८
काठमाडौंबाट अब सिधै चीनको छिन्ताओ शहर पुग्न सकिने
  • चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो 
  • कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने
  • यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहने

काठमाडौं ।।

चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं-छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो ।

कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको हिमालयको जहाज छिन्ताओकोे जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने भएको छ । यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कुल यात्रु संख्या एक सय जना छन् ।

यो उडानको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किरातीले गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ, हिमालय एयरलाइन्स्का अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठ समेत उपस्थित थिए ।

छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो । यस शहरले एसियालाई युरोपसँग जोड्छ । सो अवसरमा राजदूत सोङले काठमाडौं-छिन्ताओ-काठमाडौं उडान नेपाल-चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । मन्त्री किरातीले यस रुटबाट हिमालय एयरलाइन्सले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्राउने विश्वास लिए ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट