May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

पूर्वराजाका परिवार र सत्तारूढ दलले आफूमाथि आक्रमण गरेको ओलीको आरोप

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १६:१४
पूर्वराजाका परिवार र सत्तारूढ दलले आफूमाथि आक्रमण गरेको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको आक्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दाबी गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अखिल नेपाल किसान संघको कार्यक्रममा उनले आफू झापा, इलाम, तेह्रथुम र पाँचथरका कार्यक्रममा जाँदा भएको ढुंगामुढामा उनीहरूको संलग्नता रहेको जिकिर गरेका हुन् ।

“कार्यक्रममा जाँदै गर्दा केही गुन्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे । यसको संलग्ना विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह उनको परिवारको देखिएको छ,” ओलीले भने, “अनेकमार्फत देखिएको छ।

पूर्वदरबारियाहरूले छौँडा खेलाएर पनि यस्तो खालको काम गरेका छन् । अहिले सत्तामा हुने पार्टीका कार्यकर्ता अर्काको नाममा ढुंगा हान्न तयार भएका छन् ।”

आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डता प्रस्तुत गरिएको आरोप उनले लगाए । घटनाप्रति सरकार मूकदर्शक बनेको उनको भनाइ छ ।

प्रहरीले ‘धक्का खाएर’ पनि ‘माथिको आदेश नआएको’ भन्दै चुप लागेर बसेको उनले बताए ।

गठबन्धनको सरकार असामाजिक क्रियाकलाप गर्ने-गराउनेमा संलग्न रहेको आरोप पनि उनले लगाए ।

“२०-२५ केटालाई च्यापच्याप समाउन सकिन्न ? त्यही मान्छे झापामा ढुंगा हान्छ, तीनै मान्छे इलाममा उफ्रिन्छ,” ओलीले भने ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट