April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ?

स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १५:३७
स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत
  • प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग काँग्रेस सहमत
  • राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिनुपर्छ 
  • कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली काँग्रेस जस्तो मूल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ ।

यदि यसलाई गर्‍यौँ भने हामीले समाजको द्वन्द्वलाई चिर कालसम्म मेट्न सक्छौँ भन्नेकुराको प्रेरणा प्रदीप दाईको भनाइबाट पाउन सक्छौँ ।’उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे ।

‘म झापा र इलाम गएर आएँ । त्यहाँ प्रदेश १ को नामाकरण ठूलो विषय छ । तर, प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली काँग्रेस जस्तो मुल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ ।’

उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व. गिरीको विचार काँग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । उनलेले स्व. प्रदीप गिरीको विचारलाई जम्मा गरेर काँग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि काँग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।

‘उहाँले यति धेरै कुरा बोल्नु, लेख्नुभएको छ, उहाँका फुटकर लेखहरु, रचनाहरु, यो सबैकुरालाई पार्टीबाट प्रकाशन गर्नुपर्छ, जम्मा गर्नुपर्छ ।’ उनले भने, ‘ उहाँले भन्नुभएका कुरालाई सिलसिलावद्ध मिलाएर उहाँले बताउन खोज्नुभएको, भन्न खोज्नुभएको कुरालाई कम्तिमा पनि अर्को १५ र २० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले काँग्रेसलाई सम्बोधन गर्नेछ । त्यसबाट एउटा आधार बन्छ।’

काँग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको महामन्त्री थापाको भनाइ थियो । उनले भने, ‘ नेपाली काँग्रेसलाई बदल्ने हो, काँग्रेसको सदस्य बदल्ने, उम्मेदवार छनोट प्रक्रिया बदलेर पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा अघि जानुपर्छ ।’

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १५:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।