May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए

मिटरब्याजीपीडितको बिषयमा सरकारसँग छलफल गर्नेछु : बाबुराम भट्टराई

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १३:५0
मिटरब्याजीपीडितको बिषयमा सरकारसँग छलफल गर्नेछु : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजीपीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन्।

सोमबार काठमाडौंको शान्तिबाटिकामा मिटरब्याजीपीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरूले अघि सारेका माग जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताएका हुन् ।

“बाध्यतामा परी ऋण लिएका किसानहरूको घरखेत नै बेच्नुपर्ने गरी सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्छ,“ उनले भने ।

भट्टराइले मिटरब्याजीसम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजीपीडितको माग जायज भएको धारणा राखे ।

जाली तमसुकका कारण मुद्धा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने उनले बताए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ ।

चक्रवृति तथा मिटरव्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजीपीडित शान्तिबाटिकामा बस्दै आएका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।