May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मन्त्री बस्नेतको अस्पतालहरूलाई पाँचबुँदे निर्देशन

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १४:३0
मन्त्री बस्नेतको अस्पतालहरूलाई पाँचबुँदे निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघीय अस्पतालहरूका लागि पाँचबुँदे निर्देशन दिएका छन् ।

निर्देशनमा १५ दिनभित्र अनलाइन ओपीडी टिकेटिङको व्यवस्था गर्ने र कर्मचारीको डिजिटल लिष्ट तयार पार्न भनिएको छ ।
त्यस्तै, अस्पतालमा बिरामी भर्ना तथा रिक्त बेडको संख्या दैनिक वेवसाइटमा अपलोड गर्न सात दिने अल्टिमेटम दिइएको छ ।

पछिल्लो दुई वर्षमा स्वास्थ्य सेवा विभाग र अन्य निकायबाट प्राप्त उपकरणको विवरण र अवस्थाको विवरण मन्त्रालयलाई पेस गर्न पनि सात दिन समय दिइएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण, सहयोगी निकायको नाम र गएको मुलकसहितको विवरण पनि सात दिनभित्र अध्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।