sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार पढ्न ट्वीटरमा पनि अब शुल्क लाग्ने

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १४:0१
समाचार पढ्न ट्वीटरमा पनि अब शुल्क लाग्ने

काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरका सीईओ एलन मस्कले प्रयोगकर्ताहरुलाई एक महत्वपूर्ण संकेत गरेका छन् । मस्कले एक ट्वीट गर्दै अब प्रयोगकर्ताले प्रति आलेखको आधारमा शुल्क तिर्नुपर्ने बताएका हुन् ।

यो सँगै मासिक सदस्यता नलिएका प्रयोगकर्ताले ट्वीटरमा कुनैपनि समाचार वा आलेख पढ्नका लागि धेरै रकम तिर्नुपर्ने हुन्छ । मस्कले भनेका छन्, ‘कतिपय मानिसहरुका लागि यो आयको महत्वपूर्ण श्रोत बन्नेछ र उनीहरु प्रयोगकर्ताका लागि उत्कृष्ट सामाग्री तयार गर्नमा धेरै समय खर्चिन बाध्य हुनेछन् ।’

यसअघि मस्कले निशुल्क भेरिफाइड अकाउन्टहरुबाट ब्लू टिक हटाउने घोषणा गरेका थिए । साथै ब्लू टिक सब्सक्रिप्सन नगर्ने प्रयोगकर्तालाई ब्लू टिक प्राप्त नहुने भन्दै गत अप्रिल १२ मा उनले एक ट्वीट गरेका थिए । जस अनुसार अप्रिल २० देखि निशुल्क रुपमा प्राप्त लिगेसी ब्लू टिक हटाउन सुरु गरिएको थियो ।

मिडिया प्रकाशकहरुलाई शुल्क लिने अनुमति

शनिवार एक नयाँ ट्वीट गर्दै मस्कले आगामी महिनादेखि ट्वीटरमा कुनैपनि समाचार सामाग्री तथा आलेख पढ्नका लागि प्रयोगकर्ताबाट शुल्क लिने अनुमति मिडिया प्रकाशकहरुलाई प्रदान गरिने बताएका छन् ।

उनका अनुसार प्रयोगकर्ताहरुबाट प्रति आलेखको आधारमा शुल्क लिइनेछ र यदि उनीहरुले मासिक सदस्यताका लागि साइन अप नगरेमा उनीहरुले महंगो शुल्क तिर्नुपर्नेछ । उनका अनुसार यसबाट प्राप्त सबै आम्दानी सामाग्री सर्जक तथा प्रकाशकहरु सँग जानेछ । अर्थात् यो रकमको कुनैपनि हिस्सा ट्वीटरले राख्नेछैन ।

मस्कका अनुसार यो फिचर सुरु भएसँगै मिडिया प्रकाशकहरुले प्रति सामाग्रीको आधारमा एक क्लिकमै प्रयोगकर्ताहरुबाट शुल्क लिन पाउनेछन् । यो नयाँ नियम मिडिया संस्था तथा आम नागरिक सबैको ठूलो जितको रुपमा रहेको पनि जिकिर गरेका छन् । एजेन्सीको सहयोगमा

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid