July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १0:२६
अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने

टिकटकले अमेरिकामा प्रतिबन्धित हुन सक्ने ‘असंवैधानिक’ कानुनलाई अदालतमा चुनौती दिने बताएको छ। राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिएको विधेयकमा हस्ताक्षर गरेका छन्।

टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो। तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ ।

टिकटकका मालिक सु जी चुले भने, ‘अदालतमा हाम्रो अधिकारको लागि लडाइरहनेछौँ। हामी विश्वस्त छौँ, तथ्य र संविधान हाम्रो पक्षमा छ । ढुक्क हुनुहोस् हामी कतै जाँदैनौँ।’

टिकटकमा जारी गरिएको भिडियोमा उनले विधेयकको आलोचना गर्दै प्रयोगकर्ताहरूलाई टिकटकले कसरी उनीहरूको जीवनमा सुधार ल्याएको छ भनेर आफ्ना कथाहरू साझा गर्न आग्रह गरे। उनले भने, ‘कुनै गल्ती नगर्नुहोस्, यो प्रतिबन्ध हो – टिकटकमा प्रतिबन्ध र तपाईंमाथि प्रतिबन्ध, तपाईंको आवाजमा प्रतिबन्ध।’

एउटा छुट्टै बयानमा टिकटकले भन्यो, ‘सत्य यो हो कि हामीले अमेरिकाको डाटा सुरक्षित राख्न अरबौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त छ।’
बीबीसी

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्