sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कार्कीको शिलान्यास मोह पुरा गर्न देवानगंजको कार्यक्रम इनरुवामै गरियो, अन्य जनप्रतिनिधिहरुद्वारा बहिस्कार

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १३:0४
कार्कीको शिलान्यास मोह पुरा गर्न देवानगंजको कार्यक्रम इनरुवामै गरियो, अन्य जनप्रतिनिधिहरुद्वारा बहिस्कार

नेताहरुमा शिलान्यास मोह कस्तो हुन्छ र नेताले जे गरेपनि भेडा कार्यकर्ताहरुले ताली पड्काउन कति माहिर हुन्छन् त्यसको नमूना सोमवार प्रदेश १ स्थित सुनसरीको इनरुवामा देखिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको शिलान्यास इच्छा पुरा गर्न सुनसरी क्षेत्र नम्बर २ को विकासे आयोजनालाई क्षेत्र नम्बर ४ मा जोडेर इनरुवा स्थित हनुमान चोकमा सोमवार विहान शिलान्यास गरिएको हो ।

कोशी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको पुर्वाधार विकास कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै सोमवार उक्त शिलान्यास गराएका हुन् । उक्त कार्यालयका शुसिल श्रेष्ठले उक्त आयोजना क्षेत्र नम्बर ४ मा पनि जोडिएकाले कार्कीबाट शिलान्यास गराएको बताए ।

‘काम त देवानगंजबाटै सुरु हुन्छ शिलान्यास मात्रै यताबाट गरिएको हो’ निरिहता पुरर्वक उनले भने ‘हामि त कर्मचारी हौं, राजनीतिक नेतृत्वको इच्छा भएपछि हामि के नै गर्न सक्छौ र’ ।

श्रेष्ठका अनुसार बहुवर्षे अन्तरगतको उक्त योजनाको १५ किलोमिटर अहिले ठेक्का लागेको छ, जुन कार्य ३ वर्षमा पुरा गर्नुपर्ने छ । जम्मा ३२ करोडको उक्त कार्य गर्न ठेकेदारले यस आर्थिक वर्षमा रु ५ कारोड पाउनेछन् ।

समाचार श्रोतका अनुसार कार्की आफू काम गरेको देखाउन क्षेत्र नम्बर २ लाई बायकट गर्दै क्षेत्र नम्बर ४ मा औपचारिक कार्यक्रम गराएर शिलान्यास गराएका हुन् । जसकारण उक्त कार्यक्रममा क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुलाई बोलाइए पनि कोही पनि जनप्रतिनिधि उक्त शिलान्यास कार्यक्रममा उपस्थित भएनन् ।

देवानगंजको पालिका अध्यक्ष बेचन प्रसाद मेहता, पुर्व अध्यक्ष लालीप्रसाद मेहता सहित सुनसरी २ का प्रतिनिधिसभा सदस्य भीम आचार्य, पुर्व सांसद सिताराम मेहता, प्रदेश सांसद रामप्रसाद मेहता, पुर्व प्रदेश सांसद राजीव कोइराला लगायतले उक्त शिलान्यास कार्यक्रमको बहिस्कार गर्दै विरोध गरेका छन् ।

देवानगंज गाँउपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले यो शिलान्यासबाट गुडविलका लागि दलीय घृणित राजनीतिको नमूना प्रदर्शन भएको बताए । ‘आयोजन देवानगंजको हो, त्यसको जिरो पोइण्ट देवानगंज ६ राजगंज सिनुवारी हो तर शिलान्यास इनरुवामा गरिएको छ ।’ उनले भने ‘कार्कीजीको डिजाइनमा गरिएको यो घृणित राजनीति हो ।’

सुनसरी २ का पुर्व सांसद सिताराम मेहताले आयोजनाको नाममा लेखिएको कुरामै पनि खेलवाड भएको बताए । सिधा भाषामा लेखिएको छ देवानगंजदेखि इनरुवासम्मको बाटो तर शिलान्यास इनरुवामा गराईन्छ. यो त अत्ति होइन र ? उनले भने जवकी ‘त्यो योजनाको रेखाङ्गकन नै मैले गराएको थिए तर यहाँ त गुडविलको नाममा घृणित राजनीति भएको छ ।

दक्षिणीभेग अभियन्ता तथा देवानगंजका सचेत नागरिक अगुवा वीरेन्द्र केएमले यस शिलान्यासले देवानगंजको अपमान भएको बताएका छन् । ‘सुरुवाती स्थानमा शिलान्यास हुन्छ, अन्तिम पोइन्टमा समापन हुन्छ, शिलान्यास होइन’ उनले भने ‘सिडियो, जिसिस सभापति समेतको उपस्थितीमै यस्तो अनैतिक कार्य भएको छ, यो आपत्तीजनक हो । यसको म घोर भत्र्सना गर्दछु ।’

देवानगंज गाउँपालिकाको वडा नम्बर ६ अर्थात् रासीको चमैनिया पोखरीबाट सुरु भएको उक्त बाटो सोही पालिकाको इट्टाभाट्टा क्षेत्र हुँदै, गौतमपुर हुँदै, जल्पापुर ठूलो मदर्सा हुँदै, साबिक बबिया वडा ८ हुँदै, खत्वे टोल, यादव टोल, साहु टोल हुँदै, जयनारायण भुजा मिल हुँदै, रामजानकी मन्दिर हुँदै, कुसुम गाछी हुँदै हालको इनरुवा ६ मा रहेको शसस्त्र क्याम्प हुँदै हनुमान चौकबाट राजमार्गमा जेडिनेछ । यो पुरै एरिया सुनसरी २ हो र यसमा केहि मिटर मात्र सुनसरी ४ को क्षेत्र पर्छ । पुर्वाधार कार्यालयाका अनुसार यस बाटोको जिरो पोइन्ट देवानगंज ६ हो ।

यो बाटोको रेखाङ्गकन तत्कालीन संविधानसभा सदस्य सिताराम मेहता मार्फत भएको थियो । २०७२ सालमा मेहता भौतिक योजना राज्यमन्त्री भएपछि मन्त्रालयले उक्त बाटोको डिपिआर गराएको थियो । त्यसपछि उक्त योजना प्रदेश सरकार मातहतमा हस्तान्तरण भएको थियो । बहुबर्षे योजना अन्तरगत तत्कालिन प्रदेश सांसद राजीव कोइरालाको पहल यस आर्थिक वर्षबाट बजेट छुट्याईएको थियो ।

श्रोत: मागारिक टाइमस

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid