sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पत्रकार घिमिरेलाई तीन फुट गाड्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी

  • साझा परिवेश
  • आइतवार, माघ ८, २०७९ १९:0५
पत्रकार घिमिरेलाई तीन फुट गाड्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी

काठमाडौं ।। साझा परिवेश डट कमका कार्यकारी सम्पादक खगेन्द्र घिमिरेलाइ ज्यान मार्ने धम्की आएपछि धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ ।
पत्रकार मुक्ति पौडेल र खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की दिनेबिरुद्ध शनिबार प्रहरीमा किटानी जाहेरी दिएको हो ।
समाचार लेखेकै विषयलाई लिएर टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिने मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका विकास प्रधान, कञ्चन उप्रेती, सन्तोष सुवेदी र राजेश थापाको नाम किटान गरी पत्रकार पौडेल र घिमिरेले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा आइतबार जाहेरी दिएका हुन् ।
सीमा नाकामा खटिएका सशस्त्र प्रहरीको अमर्यादित कार्यका विषयमा समाचार लेखेकै कारण बाहुनडाँगीका ती युवाहरूले आफूहरूलाई ज्यान मार्ने धम्की दिएपछि असुरक्षा महसुस गरी त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीलाई जाहेरी दिएको पीडित पत्रकार पौडेलले बताए ।
यता प्रहरीमा किटानी जाहेरी परेपछि ती व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । केही दिन अघि समाचारका विषयलाई लिएर पत्रकार घिमिरेलाई टेलिफोन गरेर समाचार किन लेखेको भन्दै ३ फिट मारेर जमिनमा गाड्ने भन्दै ती युवाहरूले धम्की दिएका थिए ।
मेचीनगरका दुई जना पत्रकारलाई ज्यान मार्ने धम्की दिने प्रेस क्लब मेचीनगरले एक विज्ञप्ति जारी गरी दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी, प्रशासन समक्ष अपिल गरिसकेको छ ।
साथै साझा परिवेश डट कमले यस बिषयमा घिमिरेको सुरक्षाको लागि प्रेस विज्ञप्ती निकालेर प्रहरी प्रशासन सँग माग गरेको छ । संचालक रविन श्री र सम्पादक सुनिल खतिवडा द्धारा जारी बिज्ञप्तीमा सँगै सुरक्षा र कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय,जिल्ला प्रशासन कार्यालय नेपाल पत्रकार महासंघ लगायतमा निवेदन दिइ सकेको छ ।

हेर्नुस जारी गरेको बिज्ञप्ती

  • साझा परिवेश
  • आइतवार, माघ ८, २०७९ १९:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid