काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
उक्त प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका सचिव पाण्डे बुधबार आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित भएको काठमाडौँ प्रहरीका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए। पाण्डे पूर्व गृहसचिवसमेत थिए।
भुटानी शरणार्थी प्रकरणमा प्रहरीले मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पनि पक्राउ गरेको थियो।