May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

वीरेन्द्रनगरको मिलमा आगलागी मेसिन पूर्णरुपमा जल्यो

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १३:२२
वीरेन्द्रनगरको मिलमा आगलागी मेसिन पूर्णरुपमा जल्यो
  • वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा आगलागी
  • नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लियो 
  • स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जले

काठमाडौं ।।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

“स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जलेका छन्,” डीएसपी शाहीले भने, “के-कति क्षति भयो यसको विवरण टिप्ने काम भइरहेको छ ।”देवीलाल पौडेलको उक्त स-मिलमा बिहान साढे ५ बजे विद्युत् सट भएर आगलागी भएको थियो । काठ र काठको धुलो ठूलो परिमाणमा भएकाले आगो नियन्त्रणमा लिन समय लागेको डीएसपी शाहीले बताए ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।