April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

रविलाई महेश बस्नेतको गम्भीर प्रश्न

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १0:४३
रविलाई महेश बस्नेतको गम्भीर प्रश्न

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) मृत्यु प्रकरणमा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले गम्भीर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो गम्भीर प्रश्न उठाएका हुन् ।

रामराजा श्रेष्ठले सामाजिक सञ्जालमा राखेका धारणाको स्कृनशट राख्दै बस्नेतले ९ बुँदामा प्रश्न उठाएका छन् ।

उनले पूरै चुनावी प्रचारमा हिँडेका शम्भु सम्भवतः पुरै निगरानीमा रहेको र रक्सी कहाँबाट किने, कसले किनिदियो ? बिहान ४ बजेसम्म पूर्व गृहमन्त्रीको घरमा कसरी रक्सी खाए ? लगायतका विषय उठान गरेका छन् । एमाले नेता बस्नेत पूर्वमन्त्रीसमेत हुन् ।
उनले पीए र चालक ९० प्रतिशत जानकारी राख्ने व्यक्ति भएको भन्दै हत्या वा आत्महत्या जे भए पनि गम्भीर विषय भएको बताएका छन् । बस्नेतले प्रधानमन्त्री र अन्य शीर्ष नेतालाई भेटेपछि मात्रै किन मृत घोषणा गरियो ? भन्ने विषय पनि लगातार उठाएका छन् ।

चितवनमा रवि लामिछानेको घरको छतबाट वैशाख ४ गते बिहान खसेका चालक थापाको दुई दिनअघि उपचारकै क्रममा मृत्यु भएको थियो ।
यस्तो छ महेश बस्नेतले उठाएका ९ बुँदे गम्भीर विषय

१) ) पुरै समय चुनाबि प्रचार रबि संगै हिडेका शम्भु सम्भब त पुरै निगरानिमा थिए । रक्सि काहाबाट किने ,कस्ले किन्दियो? ,पुर्ब गृह मन्त्रीको सुरक्षा घेरा भित्रको घर भित्र बसेर ४ बजे सम्म कसरि खाए ?सुन्दा सबै घटना बनावटि जस्तो लाग्छ । अत्म हत्या , दुर्घटना या कसैले मारेको पनि हुन सक्छ जे होस रहस्य के हो कस्ले किन के कारण यो गर्यो खोजिगरौ ?

२)पुर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरु रातभर रक्सि खाएर जे पायो तेही गर्ने बाताबरण हुन्छ र ? समान्य मान्छेको घमा नि तेस्तो हुन्न ।

३) रक्सि खाएर पिसाब फेर्न कौशिमा निस्क्यो चुरोट खान निस्क्यो । रबिको घर दुर्गम क्षेत्रमा हो ? घर भित्र तयष्भित हुदैन , छैन ? ,तल्लो तलामा बसेको भए चुरोट खान बाहिर जन सक्थ्यो मालिकले थाहा पाउला भनेर ? माथिल्लो तलामा बस्ने मान्छे राति ४ बजे चुरोट खान किन बाहिर जान्छ बडि गए झ्यालको छेउ सम्म जाला, बाहिर जाँदैन ।

४) पि ए र ड्राइभर नेताका ९०% बिषय थाहा पाउने ब्यक्ति हुन । उनको आत्महत्या या हत्या जे भएको भए पनि गम्भिर बिषय हो ।

५) रबिको ड्राइभर को आवाज दुर्घटनाकै दिन भेण्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको ?

६) तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाब जिते पछि , बिजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरु शिर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो

७) उठेका प्रश्नको जबाफ दिन सक्ने कुनै तर्क र नैतिक बल छैन अनि अन्ध भक्त र परिचालित लठैत लगाएर वार रुम चलाएर अस्लिल गालि

गर्ने, फोन गरेर धम्काउने रबिको अर्को गम्भिर अपराध हो ।

८)यो सबैको उचित छानबिन गर्नु पर्यो प्रचण्ड सरकार ! आफ्नो पद जोगाउन मुन्टो नलुकाउ पासपोर्ट काण्ड मुद्धा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर

९) रामराजा श्रेष्ठ को  बिषय पनि रहस्य्मय बन्ने देखिन्छ ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्