May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

सशस्त्रका डिआइजीको करिअर धरापमा !

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १२:४0
सशस्त्रका डिआइजीको करिअर धरापमा !

काठमाडौं । सशस्त्र प्रहरी बलमा इन्सपेक्टरको पहिलो ब्याचको पहिलो नम्बरमा अधिकृत हुन् अञ्जनी कुमार पोखरेल । हाल बराह बाहिनी सुनसरीका बाहिनीपति रहेका उनी पढाई–लेखाईमा अब्बल अधिकृत मानिन्छन् । सोही कारण लामो समय संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेर काम गर्ने अवसर पाए ।

तर, फिल्डमा भने उनी कमजोर देखिएका छन् । एक साताअघि झापामा सशस्त्र प्रहरीका कर्मचारी सहकर्मीबाटै कुटिएको घटनाले उनको कमाण्ड क्षमता कमजोर देखिएको छ । जून घटनाले उनको करिअरमै धक्का लाग्ने सम्भावना छ । घटनाको विषयमा एआइजीकै नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएपछि डिआइजी पोखरेल समस्यामा परेका हुन् ।

बाहिनीबाट डिआइजी पोखरेलले नै खटाएका इन्सपेक्टर नमप्रभात राई नेतृत्वको टोलीले झापाको सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमाथि कुटपिट गरी यातना दिएका थिए । कुटपिट गर्ने इन्सपेक्टर राई लगायत टोलीलाई निलम्बन गरी यतीबेला छानबिन भइरहेको छ ।

प्रारम्भिक छानबिनमै यो घटनामा बाहिनीको गल्ती देखिएको छ । एकातर्फ संगठनको नीतिविपरीत डिआइजी पोखरेलले इन्सपेक्टरको नेतृत्वमा सादा पोशाकमा प्रहरी खटाएका थिए । अर्काेतर्फ राम्रोसँग डिउटी नगरेको भन्दै कुट्ने र खोलामा डुबाउने काम भयो ।

अनुगमनका लागि खटाइएको अवस्थामा कसैले गल्ती गरेमा विभागीय कारबाही गर्ने नियमावलीमा उल्लेख छ । तर, जिल्लाका एसपी तथा बिओपी इन्चार्जसँग समेत समन्वय नगरी भएको कुटपिट सुरक्षा निकायभित्रको एउटा गम्भीर घटना हो । जसकारण डिआइजी पोखरेल समेत कारबाहीमा पर्ने सम्भावना देखिएको छ ।

अहिले कारबाहीमा परे पछि समस्या हुने भएपछि कारबाहीबाट जोगिन उनी दौडधुपमा छन् । खासगरी छानबिन समितिका एआइजी चन्द्र प्रकाश गौतमलाई फकाएर आफ्नो गल्ती लुकाउने प्रयासमा उनी लागेको स्रोत बताउँछ ।

एआइजी नेतृत्वको छानबिन समितिले यो प्रकरणमा पोखरेलमाथि पनि सोधपुछ गरेको छ । छानबिनमा आफुलाई कारबाहीबाट जोगाउन उनी लागिपरेका छन् । संगठनलाई निजी कम्पनी जसरी चलाउन खोजेको भन्दै यसअघिदेखि नै उनीविरुद्ध सशस्त्र प्रहरी अधिकारीले आक्रोश व्यक्त गर्दै आएका छन् ।

सशस्त्रका अर्का डिआइजी किशोर प्रधान भने दरबन्दी थपेर बढुवा हुने खेलमा लागेका छन् । प्राविधिक पृष्ठभुमीका उनी कमजोर कमाण्ड भएका अधिकृत मानिन्छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट व्यक्तिहरूसँगको मिलेमतोमा उनी दरबन्दी थप्न लागेको स्रोत बताउँछ । सशस्त्र प्रहरीको एकेडेमीमा एआइजीको दरबन्दी आवश्यक छ । तर, संगठनले पहल गर्दा थप हुन सकेको छैन । प्रधान आफ्नो लागि दरबन्दी थप्ने खेलमा छन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट