September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सिंहदरबारमा निजामती कर्मचारीको धर्ना

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० ११:३९
सिंहदरबारमा निजामती कर्मचारीको धर्ना

काठमाडौं । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् ।

उनीहरुले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश बिरोधमा उत्रिनुपरेको बताए ।

उनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेको बताउँदै भने ‘देश संघीयतामा गइसकेपछि हरेकले आफ्ना आफ्ना कानून पाए त्यो अनुसार चले स्थायी सरकारका रुपमा चिनिएका निजामती कर्मचारी ऐन बन्न पाएन ।’

यसअघि पनि निजामती कर्मचारीहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्