May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काम गर्न नसक्ने प्रचण्डलाई हामि राख्दैनौं भनेर कांग्रेसले बोल्न सक्नुपर्छ : गगन थापा

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:३७
काम गर्न नसक्ने प्रचण्डलाई हामि राख्दैनौं भनेर कांग्रेसले बोल्न सक्नुपर्छ : गगन थापा
  • काम गर्न नसके प्रचण्डलाई हटाउन सक्छौं
  • प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति
  •  प्रधानमन्त्रीले काम गर्न नसके सिंहदरबारबाट खुमलटार पुर्‍याउँछौं 

पाल्पा ।।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताएका छन् । कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके सिंहदरबारबाट खुमलटार (प्रचण्डको निवास) पठाउँछौं भनेर कांग्रेसले भन्नुपर्ने बताएका हुन् ।

शनिबार पाल्पामा आयोजित कार्यक्रममा थापाले भने, ‘यो एक वर्षभित्र धेरै काम हुन सकेन, तपाईसँग मौका छ, …यत्तिको स्थिरता हुँदै गर्दा, यत्तिको अनुकूलता हुँदै गर्दा गर्नुपर्ने काम तपाईं गर्नुहुन्छ भने तपाईंलाई प्रधानमन्त्रीको रुपमा राखिराख्छौं, तपाईलाई मद्दत गरिराख्छौं, तपाईं काम गर्न सक्नुहुन्न भने सिंहदरबारबाट खुमलटार पुर्‍याउँछौं भनेर भन्न सक्नुपर्छ ।’

प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्‍यो भनेर भन्न नसकिने उनले बताए । महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका ९ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताए । काम गर्न नसक्नेलाई सभापति वा कुनै नेताको संरक्षण हुन नहुने भन्दै थापाले अगाडि भने, ‘मन्त्रीहरुसँग पनि मिसन हुनुपर्छ । मेरो कारणले गर्दा कांग्रेसको एउटा भोट घट्नुहुन्न, मेरो कामले गर्दा कांग्रेसको भोट बढ्नुपर्छ भन्ने सोच्नुपर्छ ।’

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।