May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

साउन ६ गते नेफ्टा फिल्म अवार्ड

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:१0
साउन ६ गते नेफ्टा फिल्म अवार्ड

काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति परिवर्तन भएको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड साउन ६ गते (जुलाई २२) मा तय गरिएको छ ।

चलचित्र प्राविधिक संघ (नेफ्टा) अध्यक्ष पुष्कर लामाले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह सार्नु परेको जानकारी दिए । अवार्डको अमेरिका आयोजक मध्येको एक फेम नेपालका प्रमुख विमल पछाइले नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत र सफल तुल्याउन सजिलो हुने आशा लिइएको बताएको संघले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

वैशाख ३१ मा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । जुरीले गरेका मूल्यांकनको आधारमा टप फाइभ घोषणा हुने अध्यक्ष लामाले जनाए । उत्कृष्ट पाँचमा अटाउने सबै फिल्मकर्मीले अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउनेछन् ।

अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । अमेरिकाअघि नेफ्टाका विदेशी संस्करण यूएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेका छन् । अमेरिकी संस्करणका लागि फेम नेपालसहित यूएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।