December 26, 2024 | बिहिबार, पुस ११, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेपालीको विदेश मोह, रित्ता विश्वविद्यालय र भुत्ते समाज

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १७:४0
नेपालीको विदेश मोह, रित्ता विश्वविद्यालय र भुत्ते समाज

– सरोज ओझा 

सभ्यताको बिम्ब हो समाज । हरेक समाजले आफनबेग्लै पहिचान बोकेको हुन्छ । समष्टिमा विश्व नै विविधतायुक्त एक समाज हो ।  भुगोल, भाषा, विचार, संस्कार, जात, धर्म आदिले समाजको आकार र प्रकार समाजहरुको पृथक थुप्रै समाजहरु छन् । त्यस्तै आफनो छुट्टै पहिचान बोकेको समाज हो नेपाली समाज ।  आँफैमा विविधतायुक्त यस समाज विश्वकै अनुपम समाज भएको हामीले पढदै र सुन्दै आएका छौं । हाम्रो वीरताको गौरव, स्वाधिन ईतिहास र प्रकृति प्रदत्त सौन्दर्यताको लालित्यताप्रति हामी गर्व गर्छौं । त्यो स्वभाविक पनि हो । नेपाली राष्ट्रियता त्यसैमा सोप्नशिल छ ।  राष्ट्रले माटो मात्रै चिनाउदै पहिचान पनि दिलाउँछ । नाम, कुल, वतन आदी पहिचान सभ्यतासँगै जोडिने बिषय हो । तर पनि जीवन पहिचान मात्रमा सिमित हुँदैन र हुनुहुँदैन भन्ने बिषय समयक्रमले देखाउदो रहेछ ।  त्यसको एउटा गतिलै उदाहरण बनेको छ नेपाली समाज । नेपालीको विदेश मोह, रित्ता विश्वविद्यालय र भुत्ते समाजले देशको सपाट चित्रण गर्दछ । पृथ्वीको गोलचक्कर भित्रका हरेक समाज गतिशिल रहन्छन् यद्यपि समाजको अस्तित्व नै नामेट हुने गरि राष्ट्रिय जनशक्ति पलायन हुनुले राष्ट्रियता कमजोर मात्रै पार्दैन् समाजलाई भुत्ते अर्थात धारविहिन र अर्थहिन बनाउँदो रहेछ । अहिले नेपालले भोगिरहेको नियति नै त्यही हो । जसले नेपालका विश्वविद्यालयहरुलाई कोमामा पुर्याएको आभाष पाउन सकिन्छ । नेपाली विश्वविद्यालयले प्रदान गर्ने शिक्षाले जीवनगुजारा गर्न पनि सकिदैन भन्ने मान्यताको उपज यसो भएको हो भन्ने बुझ्न सकिन्छ ।

दश जोड दुई वा विदेशी युनिवर्सिटीबाट सम्बन्धनप्राप्त शैक्षिक संस्था बाहेककाको हकमा कुरा गर्नुपर्दा स्नातक र स्नाकोत्तर तहमा भैरहेको विद्यार्थी भर्नादर नगण्य हुनु त्यसैको परिणाम हो । अर्थात नेपाल  सरकारले दिने शिक्षा प्रति नागरिकमा मोहभंग भएको छ अर्थात विश्वास छैन् । पढेपछि मानिसले सजिलै जागिर पाईओस वा उद्यमका लागि पढाई उपयोगी होस् भन्ने सोच राख्छ । तर नेपालमा पढाईमा लगानी वालुवामा पानी हालेजस्तै हो भन्ने सोच विकास भएको छ ।  अध्ययन, शोध तथा अनुसन्धान एवम्  प्रज्ञा कर्मस्थल विश्वविद्यालयहरु भनेका ज्ञान उत्पादन गर्ने थलो  मात्र नभई समाजमा आउने समस्या, राष्ट्रमा आउने समस्या, संसारभरिका समस्या र मानव जातीलाई आउने समस्या समाधान गर्ने थलो पनि हो भन्ने भाष्य नेपाली समाजमा हराउदै गएको छ । पौने ३ करोड  जनसँख्या भएको देशमा बि. स. २०६५ देखी २०८० साल अर्थात १५ बर्ष अवधिको आँकडा हेर्ने हो भने शिक्षा तथा प्रविधि मन्त्रालयबाट ६ लाख ३३ हजार ४ सय अठार जनाले नो अब्जेक्सन लेटर  लिएको देखिन्छ । ५६ बिषयका लागि ७२ देश जाने प्रयोजन यसमा देखिन्छ ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा विद्यार्थीहरु भरिभराउ हुँदा नेपाल सरकार माहहतका विश्वविद्यालयबाट सम्बन्धन लिएका शैक्षिक संस्थाहरुमा विद्यार्थी भर्नादर निकै कम हुनु यसकै परिणाम हो। हुँदाहुँदा सानै कक्षादेखी विद्यार्थीहरु विदेशीने लाइनमा रहने स्थिती देखा परेको छ । अर्थात यो देशमा बसेर काम छैन्, यहाँको पढाई पनि काम छैन्, नेता ठिक छैनन्, राजनीतिक अवस्था अस्थिर छ, रोजगारी गरौँ अवसर छैन्, क्षमताको कदर हुँदैन, उद्यम गरौँ वातावरण नै छैन् भन्ने मान्यताले जरा गाडेको छ ।  कर नीति, कर्जा नीति, शिक्षा नीति जस्ता जीवनसँग प्रत्यक्ष जोडिएर आउने आधारभुत बिषयमा सरकारका कमिकमजोरीहरु छन्   भने कर्मचारीतन्त्र र नेताहरु भ्रष्टचारी एवम् कमिसनखोर छन् भन्ने मानक समाजमा स्थापित छ । फलतः  नेपाली समाज रित्तिदै छ । नेपालका विश्वविद्यालयहरु रित्तिनुको सन्देश नै क्षयिकरणको भासमा फसेको भन्ने हो । र नेपाली विश्वविद्यालयहरु यस्तो हविगतमा पुग्नुमा राजनीतिक अदुरदर्शिता, बौद्धिक कमाराको विगविगी र विद्यार्थी संगठनको नाममा हुँदै आएका अराजक गतिविधिहरु मुख्य कारक हुन । विश्वविद्यालयहरु रणमैदान बन्दा विद्यार्थीहरुले असुरक्षा त महशुश गर्छन् नै त्यसबाहेक पनि समाज र सभ्यता जोगाउने वैचारिक थलो शक्ति आर्जन गर्ने स्रोत केन्द्र बन्दा विद्यार्थीहरुमा चरम निराशा छाएको भेटिन्छ ।
लामो समय देखि नेपालकै पुरानो ठूलो त्रिभुवन विश्वविद्यालय तालाबन्दी र हडतालले आक्रान्त छ । पुर्वाञ्चल विश्वविद्यालय, सुप विश्वविद्यालय र पोखरा विश्वविद्यालयहरुले तालाबन्दी र हडतालले गर्दा कुनै नयाँ कार्यक्रम प्रबर्धन, समयमा पठनपाठन, परिक्षा र नतिजा प्रकाशन गर्न सकिरहेका छैनन् ।
शिक्षामा राजनीति, ढुंगामुढा, तालाबन्दी र हडतालको सिकारको ज्वलन्त उदाहरण मध्यपश्चिम विश्वविद्यालयको हालैको घटनालाई नियाल्दा पुग्छ । मध्यपश्चिम विश्वविद्यालयले सूचना प्रविधिमा हाल विश्वमा अत्याधिक माग भएका नयाँ नयाँ बिषयहरु नेपालमै प्रबर्धन गर्न सम्बन्धनको आव्हान गर्दा उपकूलपती प्रा. डा. नन्द बहादुर सिंहविरुद्ध ढुंगामुढा, लान्छना र मुर्दावादको नाराका साथै तालाबन्दी र हडताल राजनीतिको पुनरावृत्ती हुँदा बाध्यभएर सबै कार्यक्रम रद्द गर्नुपर्याे । के यो शिक्षमा स्वार्थ समूहको  राजनीतिले नेपालको शिक्षा विकास र नेपाली विद्यार्थीको हित गर्छ त ? के शिक्षामा यस्तो अराजकताले नेपाली विद्यार्थीहरु विदेश पलायन हुन थप टेवा पुर्याउदैन ? यो अति संवेदनशील राष्ट्रिय समस्याको स्थायी समाधान गर्न यथासिघ्र नेपाल सरकार र जिम्मेवार राजनेताहरुले हस्तक्षेपकारी भुमिका निर्वाह नगरेमा नेपालको शिक्षा क्षेत्र थप तहसनहस हुने निस्चित प्राय छ । तालाबन्दी, हडताल, भिसी मुर्दावाद, आफ्नो माउ पार्टि बाहेककाको सत्तोसराप गर्ने युवा विद्यार्थी जथ्थाबाट पनि विश्वविद्यालय टेक्दै गरेका विद्यार्थीहरु वाक्क दिक्क बनेको स्थिती छ । आँगिक, सामुदायिक, सहकारी र निजी शैक्षिक  संस्थाहरुलाई सम्बन्धन दिने नदिने भन्ने बिषयमा समेत विद्यार्थी संगठनले चासो राख्नु, चलखेल गर्नु भनेकै शिक्षा क्षेत्र र प्राज्ञप्रति अनादार गर्नु हो ।  जुन नेपालमा सामान्य जस्तै छ । फलतः यस्ता कृयाकलापले नेपालकै शैक्षिक विकासमा अवरोध सिर्जना हुन पुगेको छ ।

विज्ञान प्रविधिको विकासको गतिमा अरु देशले निकै फडको मारिसक्दा हामी अझै लयमा बग्न नसक्दा युवा पंत्ति नेतृत्वप्रति रुष्ट छ । विश्वविद्यालय भनेको ज्ञान उत्पादन गर्ने थलो  मात्र नभई समाजमा आउने समस्या, राष्ट्रमा आउने समस्या, संसारभरिका समस्या र मानव जातीलाई आउने समस्या समाधान गर्ने थलो पनि हो । अध्ययन, शोध तथा अनुसन्धान एवम् प्राज्ञ कर्मको शिक्षालय हो विश्वविद्यालय । विश्वविद्यालयले नयाँ विषय, अनुसन्धान, प्रविधि, आविष्कार आदि नगर्ने हो भने नेपालको शिक्षा कसरी बढ्छ ? विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भरिभराउ हुँदा नेपाली विश्वविद्यालयहरुमा भर्नादर कम हुनु भनेको नेपाली विश्वविद्यालयहरुले विश्वासगुमाउनु नै हो । नेपाली विद्यार्थी विदेशका युनिभर्सिटीमा लाईन लाग्न बाध्य हुनुको कारण नै यहि हो । यस्ता गतिविधिले नेपालको शिक्षा क्षेत्रलाई ध्वस्त पारिरहेको छ । कतै विदेशी युनिभर्सिटी, कलेज र कन्सल्टेन्सीहरुलाई मालामाल बनाउने गिरोहको भव्य डिजाइनको कोपभाजनको शिकार नेपालका विश्वविद्यालय र तमाम विद्यार्थीहरु परिरहेका पो हुन कि भन्ने प्रश्न पनि उब्जाएको छ । जसले विगतदेखीकै नेपालका राजनीतिक नेतृत्व, बौद्धिक जमात, भविष्यमा देश हाँक्ने अहिलेका विद्यार्थी नेतालाई मात्र गिज्याईरहेको छैन्, देश छोडेर गए विदेशमा सुखसयल हुन्छ भनेर विदेश भासिएका र खुट्टा उचाल्दै गरेका, अनि आफना सन्तानलाई विदेश पठाउने सपना देख्ने हरेक नेपालीलाई एकदिन यो समाज र सभ्यता बारे सोच्न वाध्य तुल्याउने छ ।

#श्रोत राज्य दैनिक

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १७:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्