May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

हर्क साम्पाङले हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० ११:0७
हर्क साम्पाङले हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर
  • हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखे
  • महानगरका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे
  • मेयर बालेन र मेयर हर्क साम्पाङको सोच नै बेग्लै 

काठमाडौं ।।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए । ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !’, मेयर साम्पाङले लेखेका थिए ।गैरदलीय उम्मेदवारी दिएर मेयर जितेका साम्पाङले केही दिनयता संघीय सरकारविरुद्ध कडा शब्दमा स्टाटस लेख्दै आएका थिए । बुधबार मात्रै उनले लेखेका थिए, ‘लडेर प्राप्त गर्ने अवस्थालाई अधिकार भनिन्छ ! दयाले दिइएको त भिक्षा हो !’

कार्यकक्षमा यलम्बरको तस्वीर राखेकोमा भन्दा पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर हटाएकोमा उनको विरोध भइरहेको छ । धरानका राजनीतिक दलहरुले संयुक्त बक्तव्य जारी गरी मेयर साम्पाङको कदमप्रति आपत्ति जनाएका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले साम्पाङलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।‘..संविधान र राष्ट्रपति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख/राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्वीर यथास्थानमा राख्न हुन जोडदार माग गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ । दलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरलाई राष्ट्रिय प्रतीकका रुपमा राख्दै आएकाले निर्णय सच्याउन भनेका छन् ।

तर मेयर साम्पाङले कसैको आग्रह नसुनी कार्यकक्षको तस्वीर फेरेका छन् । ‘मैले पनि फोन गरेँ, तर उठेन । अरु कुरा हुन सकेको छैन’, धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले भने । यलम्बरको तस्वीर कार्यकक्षमा राखेपछि साम्पाङले बिहीबार एक ज्ञापनपत्र बुझेका थिए । त्यसपछि कार्यकक्षमा ताला लगाएर निस्किए । उनको यस्तो निर्णयप्रति विशेषगरी सामाजिक सञ्जालमा विरोध भइरहेको छ । तर स्टाटस धेरै लेखेरै विवादमा आइरहने मेयर साम्पाङले प्रतिक्रिया जनाएका छैनन् । कार्यकक्षको तस्वीरलाई लिएर यसअघि अरु जनप्रतिनिधि पनि चर्चामा आएका थिए । काठमाडौं महानगरका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

साम्पाङजस्तै स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका बालेनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् । भारतले नयाँ संसद् भवनमा राखिएको मुरलमा नेपालको कपिलवस्तु, लुम्बिनी लगायत भूमि समेटेपछि गत २५ जेठमा बालेनले आफ्नो कार्यकक्षमा नयाँ तस्वीर राखेका थिए । अहिले पनि बालेनको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको नभएर ग्रेटर नेपालको नक्सा छ । केही दिन अगाडि मात्रै बालेनलाई भेटेर धरान फर्किएका साम्पाङले पनि राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको राखेका हुन् ।

गैरदलीय उम्मेदवार बनेर मेयर जित्नेहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर नराखे जस्तै दलबाट जितेकाले भने आफ्नै नेताको तस्वीर राखेर चर्चामा आएका उदाहरण छन् । तनहुँको भिमाद नगरपालिकामा राष्ट्रपति, प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर राखिएको थियो । त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा थिए । तर तत्कालीन राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री देउवाको बीचमा पूर्व प्रधानमन्त्री रहेका ओलीको तस्वीर राखिएको थियो । भिमादमा लगातार एमालेबाट मेयर निर्वाचित हुँदै आएका छन् ।

स्थानीय जनप्रतिनिधि मात्रै नभएर सिंहदरबारभित्रै पनि कार्यकक्षको तस्वीर चर्चा र आपत्तिको विषय बनेको छ । गत वर्ष ३ माघमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरुले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेका थिए । त्यसबेला पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिञ्चाइँमन्त्री, बिक्रम पाण्डे शहरी विकास मन्त्री, ध्रुबबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका थिए । उनीहरुले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेका थिए । यो दृष्य गणतन्त्र स्थापनापछि पहिलोपटक देखिएको थियो । २०६२/०६३ का जनआन्दोलनपछि राजाको तस्वीर मन्त्रालयमा राख्न छोडिएको थियो । ‘२०३८ सालदेखि राजारानीको तस्वीर राख्न थालिएको पाइन्छ, त्यसैलाई निरन्तरता दिइँदै आयो, कुनै परिपत्र भएर भन्दा पनि अभ्यासका रुपमा’, पूर्व मुख्यसचिव बिमल कोइराला भन्छन् ।

उनका अनुसार, २०५५ सालपछि राजारानीसँगै प्रधानमन्त्रीको पनि तस्वीर राख्न थलियो । तर जनआन्दोलनपछि शहीदहरुको तस्वीर राख्न थालिएको थियो । गणतन्त्र नेपाल घोषणापछि राष्ट्रपतिको तस्वीर राख्न थालिएको थियो । त्यही अभ्यास २०७४ सालमा स्थानीय तहमा अभ्यासका रुपमा हुँदै आएको छ । ‘त्यतिबेला पनि (राजारानीको तस्वीर राख्दा) म सोध्थे, यो किन टाँसेको ?’ पूर्व मुख्यसचिव कोइराला भन्छन्, ‘सिनियरहरुले भन्थे, सार्वभौमसत्ता राजामा निहीत भएकाले । तर अहिले जनतामा सार्वभौमसत्ता छ, किन टाँसिरहेको थाहा छैन ।’ तर राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउने वा अरु थप्ने निर्णय लिएर जनप्रतिनिधिहरुले विवाद खेपिरहेका छन् । त्यसैमा धरानका मेयर साम्पाङ थपिएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट