May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

लोक सेवा तयारी कक्षा सम्पन्न

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० ११:५७
लोक सेवा तयारी कक्षा सम्पन्न

इनरुवा । युवाहरुलाई लोकसेवा परीक्षा तर्फ आकर्षित गर्नको लागि सुनसरीको कोशी गाउँपालिकामा लोक सेवा तयारी कक्षा सम्पन्न गरेको छ । कोशी गाउँपालिकाको आयोजनामा सञ्चालिक एक महिने लोक सेवा आयोगको खरिदार र नावय सुब्बा तयारी कक्षा सम्पन्न भएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तरगत सामजिक जीवन केन्द्र नेपाल सुनसरीको सहकार्यमा भएको ३० दिने अर्थात एक महिने लोक सेवा तयारी कक्षा एक औपचारीक कार्यक्रमका बिच सम्पन्न गरेको अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो । उँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा दिएको छ । आयोगद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने गाउँका उम्मेदवारहरुको लागि तयारी कक्षा गराएको हो । गाउँपालिकाका ४० जनालाई नायव सुब्बा र खरिदार पदको परीक्षा दिने उम्मेदवारहरुलाई सहभागीता गराएर तालिम दिएका छन ।

सहभागीहरुलाई एक एक थान लोक सेवा तयारीका लागि पुस्तक समेत प्रदान गरेको थियो ।
कोशीका उपाध्यक्ष अनितादेवी यादवले गाउँपालिकाले गाउँका युवायुवतीहरुलाई लक्षित गरी जिल्लामै पहिलो पटक आफूहरुको पहलमा नायव सुब्बा र खरिदार पदको तयारी कक्षा सन्चालन गराउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । गाउँपालिकाका धेरै युवायुवतीहरुले नायव सुब्बा र खरिदार पदमा नाम निकाल्न सकुन र गाउँपालिकाको शिर माथि उठोस भनेर आफुहरु र विषेश गरेर अध्यक्ष ऐयुव अंसारीले पहिलेदेखि देखेको सपना पुरा हुनेमा यो तयारी कक्षाले निकै महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।
कोशीका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगालले सरकारी सेवामा केही गरौँ भन्ने भावना बोकेका युवाहरुलाई आफुहरुले बाटो देखाउने काम गरेको र त्यो बाटोमा सही ढंगले हिँडेर सफल हुन तयारी कक्षामा सहभागीहरुलाई आग्रह गर्नुभयो । खरिदार र नायव सुब्बाको तयारी गरिरहनु भएका सहभागीहरुले आफुहरु जस्ता धेरै लोकसेवाका तयारी गरिरहेका विद्यार्थीहरुलाई गाउँपालिकाले निशुल्क रुपमा तयारी कक्षा सन्चालन गरेकोमा असाध्यै खुशी लागेको बताएका थिए । यो कक्षामा सिकेका कुराहरुलाई आफूहरुले रातदिन मेहनत गरेर एकदिन आवश्य पनि सफलता चुम्ने सहभागीको भनाई थियो ।
समापन कार्यक्रममा आयोजक संस्था सामजिक जीवन केन्द्र नेपाल सुनसरीका अध्यक्ष हजरत मंसुरीले स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका विज्ञ प्रशिक्षक मार्फत कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।