May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० 0९:५५
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

काठमाण्डाै – चीनमा भइरहेको १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा कास्य पदक पक्का गरेको छ ।

एसियाली खेलकुदको महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाएको नेपालका लागि कास्य पदक पक्का भएको हो ।

आज भएको समूह ‘बी’ को खेलमा इरानले बङ्लादेशलाई ५४—१६ अङ्कले हराएपछि नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

नेपाल सेमिफाइनलमा पराजित भए पनि कम्तीमा कास्य पदक प्राप्त गर्नेछ । कबड्डीको सेमिफाइनलमा पराजित हुने दुवै टोलीलाई कास्य पदक प्रदान गर्ने प्रावधान छ ।

एसियाली खेलकुदको इतिहासमै नेपालले कबड्डी (पुरुष र महिला) मा पदक जितेको यो पहिलो पटक हो । यसअघि समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपालले बङ्लादेशलाई ३७—२४ अङ्कले हराएको थियो।

समूहगत चरणको दोस्रो खेलमा हिजो इरानले नेपाललाई ४३—१९ अङ्कले हराएको थियो । एसियाली खेलकुदको महिला कबड्डीमा कुल सात ७ देश सहभागी छन् ।

समूह ‘ए’ मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ बाट नेपाल र इरान सेमिफाइनलमा पुग्दा नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लागिसकेको छैन । बङ्लादेश समूहगत चरणबाटै बाहिरिएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० 0९:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।