May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

तार व्यवस्थापन गर्न कठिनाइ छ : दूरसञ्चार प्राधिकरण

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १0:२६
तार व्यवस्थापन गर्न कठिनाइ छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थित गर्न सम्भव नभएको बताएको छ । काठमाडौं महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका तार व्यवस्थियत गर्न अल्टिमेटम दिएपछि प्राधिकरणले सूचना जारी गर्दै काम अगाडि बढाइएको तर एकै पटक व्यवस्थित गर्न कठिनाइ हुने बताएको हो । प्राधिकरणले अहिले तार व्यवस्थापनका लागि सडक निर्माण हुँदा ‘युटिलिटी डक्ट’को व्यवस्थापन गर्न कानून निर्माण भइरहेको जनाएको छ ।

महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरणसमेतको सहकार्यमा सिंहदरबार वरिपरि, पुतली सडक, कमलादी, ठमेल, एयर्पोर्ट माइतीघरलगायत पाटन दरबार क्षेत्रमा प्रयोगमा नरहेका तार हटाइ बंडलिंग गरिएको समेत प्राधिकरणले जानकारी गराएको छ ।
यसका साथै दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थापन हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।