May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु

‘संसद मजाक गर्ने थलो हुन थाल्यो’ : दुर्गा राई

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १३:२१
‘संसद मजाक गर्ने थलो हुन थाल्यो’ : दुर्गा राई

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधिसभाको बैठक मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई मर्यादित बनाउनु सबै सांसदको कर्तव्य, दायित्व र जिम्मेवारीको विषय भएको बताइन् ।

‘तर हाम्रा प्रस्तुति र गतिविधिहरु त्यति वाञ्छनीय देखिँदैनन् । सदन सिंगो मुलुकको भविष्य निर्माण गर्ने ठाउँ हो तर, यसलाई केही माननीयहरुले मजाक गर्ने थलोको रुपमा दुरुपयोग गर्नुभएको छ’, उनले भनेकी छन् ।

सांसद राईले संसदलाई मजाक गर्ने थलो बनाउने प्रयत्नका उदाहरण पनि दिएकी छन् । ‘कोही माननीय मौन धारणा गर्ने, कोही माननीय सदनमा नांगिएर परेड खेल्ने यी गतिविधिहरुप्रति खेद प्रकट गर्न चाहन्छु’, सांसद राईले भनेकी छन् ।

सदनमा आफ्नो कुरा राख्ने र विरोध गर्ने तरिकालाई मर्यादित बनाउन आवश्यक रहेको उनको भनाइ छ । सदनलाई मर्यादित नबनाउँदा आम नागरिक, सरकार, सदन र मुख्य रुपमा स्वयं सांसद अमर्यादित हुने कुराको हेक्का राख्नुपर्ने उनको राय छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।