May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सैन्य आक्रमणमा २९ को मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:५३
सैन्य आक्रमणमा २९ को मृत्यु
  • सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते
  • प्रतिरोधलाई दबाउन नागरिक लक्षित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप
  • बालबालिकासहित २९ शव फेला, ५६ जना घाइते 

बैंकक ।।

उत्तरी म्यानमारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । म्यानमारको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्षित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको छ । पछिल्लो आक्रमण स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताए ।

“बालबालिकासहित २९ शव फेला परेको छ । ५६ जना घाइते भएका छन्,” शिविरमा कस्तो प्रकारको हमला भएको थियो भन्नेबारे अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले भने, “हामीले कुनै विमानको आवाज सुनेनौँ ।” सेनाले चीनको सीमामा रहेको लाइजा सहर नजिकै रहेको शिविरमा ड्रोन हमला गरेको हो कि भन्नेबारे पत्ता लगाउन खोजिरहेको पनि उनले बताए ।

स्थानीय सञ्चारमाध्यमहरूले हमलापछि काठका भग्नावशेषहरूबाट शव निकाल्न उद्धारकर्मीहरूले टर्चलाइटको प्रयोग गरेको तस्बिर देखाएका छन् । तस्बिरमा जमिनमा तौलिया र त्रिपाल राखेर कम्तीमा १० जनाको शव देखाइएको थियो । कर्णेल नाव बुले लियाजा नजिकैको अस्पतालमा ४२ जनाको उपचार भइरहेको जानकारी दिए । सेनाले सन् २०२१ मा आङ सान सुकीलाई सत्ताबाट हटाएयता कचिन राज्यमा १० हजारभन्दा बढी मानिस विस्थाति भएका छन् । सन् २०२१ मा भएको सैन्य विद्रोहको व्यापक विरोध भएको र यसमा असहमति असहमति सेनाले राख्नेमाथि रक्तपातपूर्ण कारबाही गरेको छ । राजनीतिक बन्दीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार सैन्य कारबाहीमा दशौँ हजार गिरफ्तार भएका छन् भने चार हजार १०० मारिएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।