May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

भक्तपुर सुधार गृहको ढोका तोडेर २ सय भन्दाबढी कैदीबन्दी भागे

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १0:५१
भक्तपुर सुधार गृहको ढोका तोडेर २ सय भन्दाबढी कैदीबन्दी भागे
  • सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागे
  • गृहको पछाडिको ढोका तोडेर उनीहरु भाग्न सफल 
  • भक्तपुर र ललितपुरमा प्रहरीको सुरक्षा सतर्कतामा ध्यान 
  • गृहमा राखिएका बालबालिकाहरु बाहिर निस्केर प्रदर्शन गर्दै 

काठमाडौं ।।

भक्तपुरको सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागेका छन् । सोमबार सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेका हुन् ।

भागेकामध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार १२९ जना अझै फरार रहेको र उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

आइतबार बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव उत्पन्न भएको थियो । बाल सुधार गृहमा रहेका कमल बस्नेतको समयमा नै उपचार नपाएको मृत्यु भएको भन्दै सुधार गृहमा रहेकाले बाहिर निस्केर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको भएको थियो । विभिन्न अपराधमा मुछिएर बाल सुधार गृहमा राखिएका बालबालिकाहरुले बाहिर निस्केर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा बाल सुधार गृहभित्रबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुढा भएपछि स्थीति नियन्त्रणमा लिने क्रममा झडप भएको थियो । झडपका क्रममा ८ जना शसस्त्र प्रहरी, ७ जना प्रहरी र ६ जना बाल सुधार गृहमा रहेका बन्दीहरु घाइते भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।