May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

तलब नपाएपछिअनिश्चितकालीन धर्ना

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १४:१८
तलब नपाएपछिअनिश्चितकालीन धर्ना

जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् ।

आर्थिक वर्ष २०७८-०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।

रीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।

पटक-पटक तलबभत्ता माग गर्दा विद्यालय प्रशासले आलटाल गरिरहेको उनीहरुको गुनासो छ । लामो समयदेखि तलब नपाउँदा साधारण जीवनयापनमा समस्या भएको उनीहरू बताउँछन् ।
पटक-पटक मागलाई बेवास्ता गदार्ब बाध्य भएर अनिश्चितकालीन धर्ना बस्नु परेको शिक्षक फुलगेन महतोले बताए ।

शिक्षक-कर्मचारीले वैशाख १२ गते विद्यालयका प्राधानाध्यापक प्रमोदशरण केवटलाई ज्ञापन बुझाउँदै यथाशीघ्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसहितको ज्ञापन पत्र बुझाएका थिए ।

प्राधानाध्यापक केवटले केही शिक्षको तलब ११ महिनादेखि नपाएको स्वीकार गरे ।उनीहरुको माग सम्बोधन गर्न जनप्रतिनिधि र आन्दोलित शिक्षकसँग छलफल भइरहेको उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट