sweet bonanza
June 21, 2026 | आइतवार, असार ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘दयारानी’ प्रिमियरमा माओत्सेलाई उत्साह र डर

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १५:२६
‘दयारानी’ प्रिमियरमा माओत्सेलाई उत्साह र डर

काठमाडौं । गुरुङ फिल्ममा अभिनयसँगै निर्देशनमा अनुभव संगालिसकेका अभिनेता तथा निर्देशक माओत्से गुरुङमा नेपाली ‘डेब्यू’ निर्देशकीय फिल्म ‘दयारानी’को बिहीबार साँझ राजधानीमा आयोजित प्रिमियर शोमा केही उत्साहित र डर देखिन्थ्यो । गुरुङ भेषभुषामा सजिएका युवतीहरुसँग नृत्य गरिरहँदा उनी केही समय खुशी देखिन्थे त केही समयमा हतारोमा देखिन्थे ।

जसो प्रिमियर अघिको कार्यक्रम सुरुभयो, उनले आफ्नो मनका कुरा राखे । ‘जानेर फिल्म बनाएको होइन, दाईहरुको सिको गर्दै अभिनय गरें, फिल्म बनाएँ’, माओत्से भन्दैथिए, ‘मेरो फिल्म चले चल्छ, नचले के गर्ने । सबै दर्शकको हातमा छ ।’

फिल्मकी नायिका दिया पुनले आफूहरुले राम्रो कथा दर्शकलाई दिएकाले दर्शकले मनपराउनेमा आफू ढुक्क रहेको बताइन् ।

कसले के भने ?

फिल्म हेर्न पुगेका पूर्वस्वास्थ्यमन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले आफूले फिल्म मनपरेको बताए । ‘नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतिको बारेमा फिल्मले बाहिर ल्याउने कोशिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो फिल्मले नजिकबाट देखाएको छ’, निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित गिरीले भने ।
निर्देशक तथा वितरक अशोक शर्माले दर्शकलाई माओत्सेले एउटा राम्रो फिल्म दिएको दाबी गरे । अभिनेता खगेन्द्र लामिछानेले फिल्मले सामाजिक पक्षलाई रमाइलो किसिमले बोलेको बताए ।

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राइले फिल्मको टिजर र ट्रेलरले वाचा गरे अनुरुपको फिल्म बनेको बताइन् । आमासहित फिल्म हेर्न पुगेकी अभिनेत्री प्रियंका कार्कीले ‘कासी’को भूमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय मनपरेको भन्दै प्रशंसा गरिन् । फिल्म आजबाट नेपालभर रिलिज भएको छ ।फिल्ममा दयाहाङ राई, दिया पुन, विजय बराल, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid