July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

‘दयारानी’ प्रिमियरमा माओत्सेलाई उत्साह र डर

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १५:२६
‘दयारानी’ प्रिमियरमा माओत्सेलाई उत्साह र डर

काठमाडौं । गुरुङ फिल्ममा अभिनयसँगै निर्देशनमा अनुभव संगालिसकेका अभिनेता तथा निर्देशक माओत्से गुरुङमा नेपाली ‘डेब्यू’ निर्देशकीय फिल्म ‘दयारानी’को बिहीबार साँझ राजधानीमा आयोजित प्रिमियर शोमा केही उत्साहित र डर देखिन्थ्यो । गुरुङ भेषभुषामा सजिएका युवतीहरुसँग नृत्य गरिरहँदा उनी केही समय खुशी देखिन्थे त केही समयमा हतारोमा देखिन्थे ।

जसो प्रिमियर अघिको कार्यक्रम सुरुभयो, उनले आफ्नो मनका कुरा राखे । ‘जानेर फिल्म बनाएको होइन, दाईहरुको सिको गर्दै अभिनय गरें, फिल्म बनाएँ’, माओत्से भन्दैथिए, ‘मेरो फिल्म चले चल्छ, नचले के गर्ने । सबै दर्शकको हातमा छ ।’

फिल्मकी नायिका दिया पुनले आफूहरुले राम्रो कथा दर्शकलाई दिएकाले दर्शकले मनपराउनेमा आफू ढुक्क रहेको बताइन् ।

कसले के भने ?

फिल्म हेर्न पुगेका पूर्वस्वास्थ्यमन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले आफूले फिल्म मनपरेको बताए । ‘नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतिको बारेमा फिल्मले बाहिर ल्याउने कोशिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो फिल्मले नजिकबाट देखाएको छ’, निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित गिरीले भने ।
निर्देशक तथा वितरक अशोक शर्माले दर्शकलाई माओत्सेले एउटा राम्रो फिल्म दिएको दाबी गरे । अभिनेता खगेन्द्र लामिछानेले फिल्मले सामाजिक पक्षलाई रमाइलो किसिमले बोलेको बताए ।

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राइले फिल्मको टिजर र ट्रेलरले वाचा गरे अनुरुपको फिल्म बनेको बताइन् । आमासहित फिल्म हेर्न पुगेकी अभिनेत्री प्रियंका कार्कीले ‘कासी’को भूमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय मनपरेको भन्दै प्रशंसा गरिन् । फिल्म आजबाट नेपालभर रिलिज भएको छ ।फिल्ममा दयाहाङ राई, दिया पुन, विजय बराल, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्