May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

राजनीतिको ब्याज खान छोड्दिनुस् : सांसद विराजभक्त

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १५:१४
राजनीतिको ब्याज खान छोड्दिनुस् : सांसद विराजभक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले दलका नेताहरू विगतको राजनीतिको ब्याज खाएर रमाउँदा देशको बेहाल भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले सबैको ध्यान देश निर्माणमा हुनुपर्नेमा जोड दिए ।

“अब विगतको राजनीतिको ब्याज खान छोड्दिनुस् । विगतको, ७० वर्षको, २५० वर्षको, यी नेताहरूले यो भनेका थिए भन्न छोड्दिनुस्,” उनले भने, “अब सहकार्य गरेर २१औँ शताब्दीको सम्भावना यो सदनबाट खोजौँ । हाम्रो राज्य यो ३० वर्षमा राजनीति व्यवस्थापन हो भन्ने कुरा नै नबुझेर चुकेको छ ।”

समाजवादका कुरा गरेर त्यसको मापन हुन नसक्दा पनि समस्या निम्तिएको उनको भनाइ छ । समाजवाद शब्दमा मात्र अल्झिँदा नागरिकको समस्या ज्युँका त्युँ भएको उनले बताए ।

“समाजवाद शब्दले मात्र नागरिकको दाल गल्दैन । समाजवाद कति प्रतिशत भयो भनेर त्यसको रिपोर्ट कार्ड अब चाइयो । यो शब्द मैले सानैदेखि सुन्दै आएको हो,” उनले भने ।

अहिले दोहनकारी राज्य भएको र त्यसैमा सबै राजनीतिक नेतृत्व रमाएको उनको आरोप छ ।

“राज्यको संयन्त्रहरू प्रयोग गरेर आम नागरिकबाट रगत चुसेको जस्तो कर हुन्छ कि पैसा चुसेर दोहनकारी राज्य व्यवस्था चलिरहेको छ । यसको अन्त्य हुनुपर्छ,” उनले भने, “समृद्धिले अब पुग्दैन । यो नारा पुरानो भयो । अब समृृद्धि चाहिन्छ । सबैले सबै भूगोल, सबै क्षेत्र र सबै समावेशिताका सिद्धान्तहरूले आ–आफ्नो ठाउँबाट प्रगति र उन्नति गर्ने कुरालाई समृृद्धि भनिन्छ ।”

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।