May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नेपालले खुट्टा नकमाइ भ्रष्टहरूलाई कारबाही गर्न गृहमन्त्रीलाई गरे आग्रह

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १५:११
नेपालले खुट्टा नकमाइ भ्रष्टहरूलाई कारबाही गर्न गृहमन्त्रीलाई गरे आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको बताए । उनले नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने देखिएको पनि बताए ।

“नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन्,“ उनले भने ।

उनले भ्रष्टहरूलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे ।
“उपप्रधान एवम् गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईंले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरू जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस्,“ अध्यक्ष नेपालले भने ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।