April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै

सहिद बिरेन र बिश्वनाथको नामबाट मेचीनगरका दुई सडक घोषणा

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० २0:२५
सहिद बिरेन र बिश्वनाथको नामबाट मेचीनगरका दुई सडक घोषणा

खगेन्द्र घिमिरे झापा
मेचीनगर नगरपालिकाका प्रमुख दुइ सडकहरु सहिद स्मृति मार्गको रुपमा घोषणा गरिएको छ । मेचीनगरको काँरभिट्टा बाहुनडागी हुँदै निन्दा सिरान सम्मको सडक र धुलाबारी ज्यामिरगढी हडिया सम्मको सडकलाई सहिदको नामबाट मार्ग घोषणा गरिएको हो ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले सोे घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत ति घोषणा गरेका हुन् ।
जसमा धुलाबारी ज्यामिरगढी जोड्ने सडक सहित बिरेन राजबंशी को नामबाट बिरेन राजबंशी मार्ग घोषणा गरिएको छ । उता काकँरभिट्टा बाहुनगाडी सडक सहिद बिश्वनाथ घिमिरेको नामबाट सहिद बिश्वनाथ घिमिरे मार्ग घोषणा गरिएको हो ।
२०२९ सालमा जेल सार्ने निहुँमा झापाको सुखानी खोलामा फागुन २१ गते बिरेन राजवंशी गोलीहानी हत्या गरिएकाे थियाे ।

ऐतिहासिक झापा आन्दोलनका महान् शहिदहरू नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजबंशी, कृष्ण कुइकेल र नारायण श्रेस्ठ थिए । आज उनै बिरनेको नामबाट मार्ग घोषणा भएको छ ।
त्यस्तै काँकडभिट्टाबाट निन्दा सिरान सम्मको बाटोलाई सहिद बिश्वनाथ घिमिरे मार्ग घोषणा भएको छ । सहिद बन्नु भएका ६० बर्ष पछि सहिद बिश्वनाथ घिमिरे मार्ग घोषणा भएको छ । झापा जिल्लाको प्रथम सहिद बिश्वनाथ घिमिरे लोकतन्त्र र देशकोलागि सहिद बन्नु भएको थियो ।त्यसैगरी २०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले एक्लै पारी गोली हानेर नेपाली काँग्रेसका नेता, महामानव वीपी कोइरालाका प्रियपात्र एवम् तत्कालीन बाहुनडाँगीका जनप्रिय प्रधानपञ्च विश्वनाथ घिमिरेको हत्या गरेका थिए । उहाँको कर्मस्थल र सहादतस्थल दुबै क्षेत्रलाई समेटदै सहिद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानको सहिद बिश्वनाथको नामबाट उक्त बाटोको नाम घोषणा सँगै मेचीनगरका जनताले नगरपालिकाको कामलाई स्वागत गरेका छन ।

नेता राम कट्टेलले सामाजीक संजालमा जनताको भावना र अनुरोधलाई सहजरूपमा स्वीकार गरिदिएर मेचीनगरपालिकाले महान सहिदको उच्च सम्मान गरेको महसुस गरेका छौ । मेचीनगरपालिकाका नगर प्रमुख गोपाल बुढाथोकी ,उपप्रमुख मिना उप्रेति , बडा अध्यक्ष अर्जुन कार्की र बडा अध्यक्ष ललित तामाङ सहित सबै वडा अध्यक्षहरू, परिषद सदस्यहरू र समग्र मेचीनगर परिवार तथा दलहरूका नेतृत्वसहित साथीहरूलाई सहिद बिश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानको तर्फबाट हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ भनेर लेखेका छन ।

 

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।