May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

म प्रति जनता आक्रोशित छन् भन्ने लाग्दैन : रेनु

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० १0:४७
म प्रति जनता आक्रोशित छन् भन्ने लाग्दैन : रेनु

चितवन ।भरतपुर महानगरपालिका विकासका दृष्टिले तीव्र गतिमा अगाडि बढेको छ । सडकहरू कालोपत्रे हुँदा आवतजावतमा सहजता भएको छ । ठूला र महत्वपूर्ण तथा दीर्घकालीन महत्वका पूर्वाधारहरूको काम भइरहेको छ । कतिपय पूरा हुने चरणमा छन् भने कतिपय सुरु भएका छन् ।

भरतपुर महानगरपालिकाको दोस्रो कार्यकालका लागि महानगर प्रमुखमा रेनु दाहाल विजयी भएको पनि एक वर्ष पुग्यो । उहाँ संगको कुराकानीमा आधारित

समग्र विकास र कामका हिसाबले सन्तुष्ट छु । जो पहिला सुरु गरिएका आयोजना थिए तिनीहरूको निरन्तरता र नयाँ आयोजना ल्याउने काम यो बीचमा भएको छ । प्रतिबद्धता अनुसार नै कामहरू भइरहेका छन् भन्ने लाग्छ, सन्तुष्ट नै छु । चालु वर्षमा भरतपुर विमानस्थलको विस्तारसहितको टर्मिनल भवनको काम अगाडि बढेको छ । जटिल बनेको गौतमबुद्ध क्रिकेट रंगशालाको काम गर्ने बाटो खुलेको छ । नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का लागेको छ । तटबन्धका कामहरू जारी छन् ।

संघीय सहकारी विकास मन्त्रालयबाट स्मार्ट सिटी बनाउन आवश्यक पूर्वाधार अन्तर्गत चालु वर्षमा नै ५० करोड बजेट आएको छ । त्यसबाट नारायणी नदी किनारमा ‘सी बिच’ मोडलमा ब्यूटिफिकेसन सहितको पूर्वाधारको काम जारी छ, देवघाटमा बसपार्क र थप ७ वटा लिंक सडकहरूका लागि सो रकम खर्च हुँदैछ । समग्रमा ठिकै भा’छ ।

महानगरपालिकाका २९ वटै वडामा स्वास्थ्य कार्यालय भवनसहित जनशक्तिको उचित विन्यास गरेका छौं, जुन हाम्रो प्रतिबद्धता नै थियो । स–साना स्वास्थ्य समस्या हुँदा अब ठूला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भयो । भरतपुर अस्पताललाई केन्द्रीय संघीय अस्पताल र शिक्षण अस्पतालको रूपमा विकास गर्ने घोषणा भएको छ । सोही अनुसारको पूर्वाधार र जनशक्ति थपमा काम हुँदैछ । यस्तै, भरतपुर–१५ मा ७ बिघा जमिनमा केन्द्रीय शिक्षक अस्पताल बनाउन संघीय सरकारबाट गुरुयोजना बनाउने काम अगाडि बढेको छ । प्रदेशस्तरीय १०० बेडको आयुर्वेद अस्पताल बनाउन ३५ करोड बजेट विनियोजन भएर काम सुरु हुँदैछ ।

शिक्षाको क्षेत्रमा पनि हामीले महत्वपूर्ण उपलब्धि हात पारेका छौं । यो अवधिमा महानगरका ८ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा थप भएका छन् । नयाँ विद्यालय भवनहरू बनाउने, रंगरोगन र फल्स सिलिङ्ग हाल्ने, प्रयोगशाला आइटी ल्याबहरू खोल्ने, विद्यालयहरूलाई बसहरू उपलब्ध गराउने, नर्सको व्यवस्था गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने जस्ता काम एकातिर भएका छन् भने अर्कोतिर, विद्यालयहरूमा पढ्दै कमाउँदै गर्ने नीति अनुसार सीप विकासका लागि ३ वटा विद्यालयमा तीन लाखका दरले रकम उपलब्ध गराउन कार्यविधि नै तयार गरेका छौं । पढ्ने मात्रै नभई व्यावहारिक ज्ञान नै दिलाउने हिसाबले काम थालेका छौं ।

जनता महानगरका कामप्रति सन्तुष्ट छन् जस्तो लाग्छ । जनताले भनेको, खोजेको कुरा पूरा हुँदै गएको छ । विकास जनताले मागे हामीले दियौं । थप कामहरू पनि हुँदैछन् । मप्रति व्यक्तिगत रूपमा जनता आक्रोशित छन् भन्ने लाग्दैन ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट