May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

न्यायाधीश नियुक्ति नहुनु मतभेदले होइन : प्रधानन्यायाधीश कार्की

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १३:४७
न्यायाधीश नियुक्ति नहुनु मतभेदले होइन : प्रधानन्यायाधीश कार्की
  • न्यायाधीश नियुक्तिका लागि प्रयास जारी
  • कानुनमन्त्रीबीचको मतभेदले बैठक बस्न नसकेको होइन 
  • प्रधानन्यायाधीश कार्कीको पदावधि अब २० दिन बाँकी

काठमाडौं ।।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि प्रयास जारी राख्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको छलफलका क्रममा उनले अहिले न्यायपरिषदका सदस्यहरुको कार्यव्यस्तताका कारण न्यायाधीश नियुक्त हुन नसकेको दाबी गरे ।

‘अहिले मतभेद वा अरु कारणले न्यायाधीशको नियुक्ति हुन नसकेको होइन, बरु कहिले को कहिले को व्यस्त भएर परिषदको बैठक हुन नसकेको हो’, उनले भने, ‘अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्नेछु ।’

नेपालमा प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्यायपरिषद बैठकले न्यायाधीश नियुक्ति सिफारिस गर्ने गर्छ । तर प्रधानन्यायाधीश र कानुनमन्त्रीबीचको मतभेदले बैठक बस्न नसकेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रधानन्यायाधीश कार्कीको पदावधि अब २० दिन बाँकी छ । उनी उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश भएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ । त्यस्तै उच्च अदालतहरुमा पनि ६० जना न्यायाधीशको पद रिक्त रहेको प्रधानन्यायाधीश कार्कीले बताए । उनले अनुहार नहेरी वस्तुनिष्ठताका आधारमा न्यायाधीश नियुक्ती गर्ने प्रयास जारी रहने पनि बताएका छन् ।

न्यायाधीशको कमीका बाबजुद एक वर्षमा सर्वोच्च अदालतले १२ हजार मुद्दा फैसला गरेको कार्कीले बताए । पुराना मुद्दा फर्छ्यौटका लागि अभियान नै चलाएको भन्दै उनले त्यही अभियानका कारणले करिव ६६-६७ सालसम्मका मुद्दा टुंगिएको जानकारी दिए ।

 

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट