May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

शरणार्थी प्रकरणले राजनीतिक नेतृत्व समाप्त हुनसक्ने

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० ११:३२
शरणार्थी प्रकरणले राजनीतिक नेतृत्व समाप्त हुनसक्ने

काठमाडौं । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन अब रोक्न नसकिने विन्दुमा पुगेको बताएका छन् । अहिलेको प्रक्रिया रोकेमा मुख्य दलहरुमाथिको विश्वास समाप्त हुने अवस्था बनेको भन्दै अघि बढाउँदा पनि वर्तमानको मूल नेतृत्व भने संकटमा परिसकेको बताए ।

सत्यतथ्य अनुसन्धानबाटै प्रमाणित हुने भन्दै छानबिन रोक्ने वा यसलाई रोक्ने अवस्था नरहेको भन्दै जुनसुकै तहका नेताहरु जोडिए पनि अनुसन्धान भने रोकिने अवस्था नरहेको उनको भनाइ छ ।

उनले यो प्रकरणले मूल राजनीतिक नेतृत्व भने समाप्त हुने संकेत देखिएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दोषी हुनेहरुको राजनीति समाप्त हुने भन्दै वर्तमानमा रहेका मूल नेतृत्वहरु भने संकटमा परिसकेका उनको बुझार्ई छ ।
बाह्रखरीसँगको विशेष संवादमा विश्लेषक सुवेदीले यो प्रकरणले अन्तर्राष्ट्रिय विश्वासनियता समाप्त भए पनि अपराध नियन्त्रण हुन्छ भन्ने आशा भने जगाएको बताए ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, आन्तरिक रुपमा आर्थिक अवस्था र राजनीतिक नेतृत्वको विश्वसनीयतामा संकट देखिएको भन्दै उनले यही समयमा नेपालको सांस्कृतिक राष्ट्रियता फर्कने सम्भावना बढेर गएको बताए । राजतन्त्र पुनःस्थापनाबिनै सांस्कृतिक राष्ट्रियताको पुनःस्थापना हुनसक्ने भन्दै अहिलेको आर्थिक संकट र राजनीतिक संकटले संघीयता र धर्मनिरपेक्षताको विकल्प खोजेर नयाँ प्रक्रिया अघि बढ्न सक्ने बताए।

भारतीय संस्थापनको नेपालको संविधान र व्यवस्थाप्रति असहमति रहेकाले सांस्कृतिक राष्ट्रियताको पुनःस्थापनालाई बल पुग्ने उनको भनाई छ । भारतसँगको पारवहन सम्झौता र व्यापार सम्झौता दुवैको म्याद सकिन लागेको भन्दै नेपालले कूटनीतिक सम्बन्धनमा समयमै विचार नपुर्याए गम्भीर संकट आउनसक्ने उनको बुझाई छ ।

नेपालको पछिललो अवस्थाप्रति अमेरिकी चासो बढेको र राजनीतिक नेतृत्वले त्यसलाई नबुझ्दा गम्भीर संकट आउनसक्ने भन्दै उनले सचेत गराएका छन् । अमेरिकको तिब्बती शरणर्थीको विषय सम्बोधन गर्ने मानवीय चासो रहेको भन्दै यसलाई पनि राजनीतिक र सरकारको नेतृत्वले नजरअन्दाज गरिरहेको उनको भनाई छ ।

शरणार्थीका रुपमा पहिचानसमेत उनीहरुले नपाउँदा मानवीय संकट देखिएको भन्दै त्यस्ता विषय छोडेर नेताहरु स्वार्थको खेलमा लागेको उनको बुझाई छ । विश्लेषक सुवेदीले आर्थिक संकट, राजनीतिक नेतृत्वप्रतिको अविश्वासनीयता र लोकप्रियवादको बढ्दो प्रभावले असंगठित विद्रोहको जोखिम बढाएको बताएका छन् ।

भूराजनीतिक चासो र देशको अवस्था सम्हाल्ने बाटो सांस्कृतिक राष्ट्रियता हुन सक्ने भन्दै त्यसो हुन नसके देश अराजकताको बाटोमा जान कसैले रोक्न नसक्ने उनको बुझाई छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।