May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि प्रहरी फन्दामा

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० १८:३७
दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि प्रहरी फन्दामा

काठमाडौं :

दुबईबाट काठमाडौं आइपुगेका तीन जना करिब १५ तोला सुनसहित पक्राउ परेका छन्। हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्रमा खानतलासी गर्दा सुन बरामद भएको हो। पक्राउ पर्नेमा मध्यपुर थिमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझी छन्। विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा सुमनको साथबाट ५५ ग्राम सुन बरामद भएको थियो। त्यस्तै विमला र सिर्जनाले ल्याएको ६०-६० ग्रामको सुनको औंठी बरामद भएको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।

सोधपुछ गर्दा तीनै जनाले उक्त सुन आफूहरूको नभएको बताएका थिए। अरुको सुन बोकेर आएको बताएपछि प्रहरी उनीहरूलाई पछ्याउँदै पार्किङ क्षेत्रसम्म पुगेको थियो।
पार्किङ क्षेत्रमा सुन लिन बसेका रामेछापका सुरेन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुबईबाट फर्किएका तीनै जनाले भरियाका रूपमा सुन ल्याएको प्रहरीको भनाइ छ।

‘वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रलोभन देखाएर सुनको भरिया बनाउने गिरोह सक्रिय छ। प्रहरीले त्यसतर्फ विशेष निगरानी बढाएको छ। आज पक्राउ परेका त्यस्तै गिरोहमध्येको एक हो। यस विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं,’ विमानस्थल प्रहरी स्रोतले  भन्यो।

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० १८:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।