sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज र भोलि नै वर्षाको सम्भावना

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १३:५५
आज र भोलि नै वर्षाको सम्भावना

काठमाडौं । देशका केही पहाडी भूभागमा आज वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित क्षणिक वर्षा हुनेछ । काठमाडौंमा अहिले छिटपुट वर्षा हुन थालेको छ । महाशाखाका मौसमविद् सन्जीव अधिकारीका अनुसार क्षणिक वर्षा हुनेछ ।

“एकदमै क्षणिक वर्षा हुन्छ । काठमाडौंसहित आसपास, नुवाकोट, रसुवा, कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “आज बिहान पनि मकवानपुरमा वर्षा भएको थियो ।” देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको उनले बताए ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित ‘मोखा’ हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ । त्यसले नेपालमा खासै असर नगर्ने मौसमविद् अधिकारीको भनाइ छ । “पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नै वर्षा गराउने हो,” उनले भने, “मोखाले धेरै पानी गराउने अवस्था छैन ।

बंगलाको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिने र त्यसले यहाँको प्रणाली थप मजबुत बनाउने उनले बताए । “आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ,” उनले भने, “बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिँदा पश्चिमी र स्थानीय वायुलाई थप सशक्त बनाउँदा वर्षाको सम्भावना बढी देखिन्छ ।”

भोलिको तुलनामा पर्सि वर्षाको सम्भावना कम रहेको उनले बताए । उनका अनुसार पर्सि पहाडी भूभागमा भने वर्षाको थोरै सम्भावना छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid