April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

डा. प्रकाशशरण : बालकृष्ण खाँणले निर्दोष छु सावित पनि गर्छु भन्नुभएको छ

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १२:२५
डा. प्रकाशशरण : बालकृष्ण खाँणले निर्दोष छु सावित पनि गर्छु भन्नुभएको छ

काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणलाई पार्टीले गम्भीरकताका साथ लिएको बताए ।

उनले आरोपितमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण पनि रहेको भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए । खाँणले आफूलाई निर्दोेष सावित गर्ने बताएको उनले जानकारी दिए ।

“नक्कली शरणार्थी गम्भीर विषय हो । पार्टीले गम्भीरताका साथ लिएको छ । आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ,” उनले भने, “उहाँले निर्दोष छु सावित गर्छु भन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्यो । त्यसमा पूर्ण सहयोग गर्छौँ । दोषी नउम्किऊन्, निर्दोष नफसून् ।”

खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले पार्टी कुनै निष्कर्षमा नपुगेको उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।