April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

लेखा समितिको बैठक लाइभ गर्न माग

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १५:५५
लेखा समितिको बैठक लाइभ गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष लाइभ गर्नु उपयुक्त हुने बताएका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै रास्वपा सांसद झाले लेखा समितिको छलफलप्रति आम चासो अलि बढी हुने गरेको पाइएको उल्लेख गर्दै प्रत्यक्ष प्रसारण गर्नु उपयुक्त हुने बताएका हुन् ।

जेष्ठ सदस्यको हैसियतमा सार्वजनिक लेखा समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्ने मागका सम्बन्धमा के गर्न सकिन्छ त्यसबारे ख्याल गर्न समिति सचिवालयका कर्मचारीहरुलाई निर्देश गरेका छन्।

‘प्रत्यक्ष लाइभको मागका सम्बन्धमा वर्कआउट गर्न सभापतिले निर्देश गर्नुभएको छ’ लेखा समितिका सचिव एकराम गिरीले जानकारी दिए ।
पहिलो बैठकमा समितिका सचिव गिरीले अघिल्लो अधिवेशनमा सार्वजनिक लेखा समितिमा अध्ययन भएका विषय, अधययनमा बिचाराधीन रहेका विषय र समितिको कार्यक्षेत्रका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

पहिलो बैठकमा १९ जना सदस्य सहभागी थिए । १५ जना सांसदले आफ्नो धारणा राखे । सार्वजसनक लेखा समिति २६ सदस्यीय छ ।
पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले भ्रष्टाचार अनियमिताका विषय हेर्ने भएकाले राजनीतिक र आस्था भन्दा माथि रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

मुलुकमा भ्रष्टाचारमा धेरै काण्डहरुको चर्चा हुने गरेको र त्यसलाई निष्कर्षमा पु¥याउन नसकिएको उल्लेख गर्दै सांसदहरुले यस्ता विषयमा निश्पक्ष भएर छलफल गरिनुपर्ने बताएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट