sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लेखा समितिको बैठक लाइभ गर्न माग

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १५:५५
लेखा समितिको बैठक लाइभ गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष लाइभ गर्नु उपयुक्त हुने बताएका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै रास्वपा सांसद झाले लेखा समितिको छलफलप्रति आम चासो अलि बढी हुने गरेको पाइएको उल्लेख गर्दै प्रत्यक्ष प्रसारण गर्नु उपयुक्त हुने बताएका हुन् ।

जेष्ठ सदस्यको हैसियतमा सार्वजनिक लेखा समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्ने मागका सम्बन्धमा के गर्न सकिन्छ त्यसबारे ख्याल गर्न समिति सचिवालयका कर्मचारीहरुलाई निर्देश गरेका छन्।

‘प्रत्यक्ष लाइभको मागका सम्बन्धमा वर्कआउट गर्न सभापतिले निर्देश गर्नुभएको छ’ लेखा समितिका सचिव एकराम गिरीले जानकारी दिए ।
पहिलो बैठकमा समितिका सचिव गिरीले अघिल्लो अधिवेशनमा सार्वजनिक लेखा समितिमा अध्ययन भएका विषय, अधययनमा बिचाराधीन रहेका विषय र समितिको कार्यक्षेत्रका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

पहिलो बैठकमा १९ जना सदस्य सहभागी थिए । १५ जना सांसदले आफ्नो धारणा राखे । सार्वजसनक लेखा समिति २६ सदस्यीय छ ।
पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले भ्रष्टाचार अनियमिताका विषय हेर्ने भएकाले राजनीतिक र आस्था भन्दा माथि रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

मुलुकमा भ्रष्टाचारमा धेरै काण्डहरुको चर्चा हुने गरेको र त्यसलाई निष्कर्षमा पु¥याउन नसकिएको उल्लेख गर्दै सांसदहरुले यस्ता विषयमा निश्पक्ष भएर छलफल गरिनुपर्ने बताएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid