March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
सुदुरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन पर्वतका एक छात्रले १२ वर्षको उमेरमा नै दिए एसइइ कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर अनेराश्वयुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, सङ्घको वित्तीय सुशासनमाथि प्रश्न निजामती ऐन र प्रहरी ऐन कार्यान्वयनको प्रक्रियामा छ : प्रधानमन्त्री केही समयमै कांग्रेस सरकारमा फर्किन्छ : महामन्त्री गगनकुमार थापा लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्छ : सांसद विष्णुकुमारी सापकोटा नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन दर्जनौं कानुन फास्ट ट्रयाकबाट संशोधन गर्दै सरकार कांग्रेस सांसद गुरुङको निलम्बन सर्वोच्चद्वारा फुकुवा कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री प्रचण्ड सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी अब सेवाको टोकन जारी भएकै लिन श्रम स्वीकृति दिइने , तिन सिफ्टमा सेवा सुचारु मिटरव्याज पिडीतमा विपन्न महिलाको ऋण मिनाह गर्ने मन्त्री चौधरीको भनाई पधेरीमा नुहाउन जादा हत्या भएकी युवतीको हत्या आरोपीत सार्वजनिक निर्माण व्यवसायीले सम्झौताअनुरूप गुणस्तरको काम नगरेको प्रधानमन्त्रीको भनाई

लेखा समितिको बैठक लाइभ गर्न माग

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १५:५५
लेखा समितिको बैठक लाइभ गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष लाइभ गर्नु उपयुक्त हुने बताएका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै रास्वपा सांसद झाले लेखा समितिको छलफलप्रति आम चासो अलि बढी हुने गरेको पाइएको उल्लेख गर्दै प्रत्यक्ष प्रसारण गर्नु उपयुक्त हुने बताएका हुन् ।

जेष्ठ सदस्यको हैसियतमा सार्वजनिक लेखा समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्ने मागका सम्बन्धमा के गर्न सकिन्छ त्यसबारे ख्याल गर्न समिति सचिवालयका कर्मचारीहरुलाई निर्देश गरेका छन्।

‘प्रत्यक्ष लाइभको मागका सम्बन्धमा वर्कआउट गर्न सभापतिले निर्देश गर्नुभएको छ’ लेखा समितिका सचिव एकराम गिरीले जानकारी दिए ।
पहिलो बैठकमा समितिका सचिव गिरीले अघिल्लो अधिवेशनमा सार्वजनिक लेखा समितिमा अध्ययन भएका विषय, अधययनमा बिचाराधीन रहेका विषय र समितिको कार्यक्षेत्रका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

पहिलो बैठकमा १९ जना सदस्य सहभागी थिए । १५ जना सांसदले आफ्नो धारणा राखे । सार्वजसनक लेखा समिति २६ सदस्यीय छ ।
पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले भ्रष्टाचार अनियमिताका विषय हेर्ने भएकाले राजनीतिक र आस्था भन्दा माथि रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

मुलुकमा भ्रष्टाचारमा धेरै काण्डहरुको चर्चा हुने गरेको र त्यसलाई निष्कर्षमा पु¥याउन नसकिएको उल्लेख गर्दै सांसदहरुले यस्ता विषयमा निश्पक्ष भएर छलफल गरिनुपर्ने बताएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट