May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

गोकुल बास्कोटा : इन्फरमेसन, रिफरमेसन र ट्रान्सफरमेसनलाई ग्रहण गर्नुस्

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १५:११
गोकुल बास्कोटा : इन्फरमेसन, रिफरमेसन र ट्रान्सफरमेसनलाई ग्रहण गर्नुस्

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्तारुढ सांसदहरुले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकामा रोष प्रकट गरेका छन् ।

एमाले अध्यक्ष ओलीले गत आइतबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एक घण्टा ५२ मिनेट लामो मन्तव्य दिएका थिए । ओलीको मन्तव्यको पक्ष र विपक्षमा सांसदहरुबीच फरक फरक धारणा आइरहेको छ ।

सोमबार माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष ओली संसदमा हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष ओलीको तेजोवध नगर्न सत्तारुढ सांसदहरुलाई चेतावनी दिए । बरु ओलीको सम्बोधनबाट सिकेर अगाडि बढ्न सुझाव दिए ।

ओलीलाई ‘हेडमास्टर’ भनिएकोप्रति आपत्ति जनाउँदै बास्कोटाले हेडमास्टरको उपाधिले नपुग्ने जवाफ दिए । ‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौं’ उनी भन्छन्, ‘नेकपा एमाले लोकतन्त्रको, राष्ट्रिय स्वाधीनताको, सामाजिक न्यायसहितको परिवर्तनको, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो । त्यसैले तपाईंहरुले दिएको उपाधिले हामीलाई पुग्दैन ।’

बास्कोटाले माओवादी सांसद सापकोटालाई जवाफ फर्काए, ‘केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर डाक्टर हो, इन्जिनियर हो, आर्किटेक्चर हो, सबै हो ।’

एमाले अध्यक्ष ओलीले राखेका सम्पूर्ण विषयप्रति दृढ समर्थन रहेको बताउँदै सांसद बास्कोटाले सत्तापक्षका सांसदहरुले प्रतिपक्षीको आवाज सुन्ने धैर्यता राख्न नसकेको र आफ्नो कमजोरी लुकाउन प्रतिपक्षीको तेजोवध गरेको टिप्पणी गरे ।

‘सत्तापक्ष आफ्नो कमजोरी लुकाउनको निम्ति प्रतिपक्षको तेजोवोध गर्ने र तीव्र प्रतिवादमा उत्रने उल्टो बाटो समातेर हिडेँको देखियो । म छक्क परेको छु’ बास्कोटाले भने ।

एमाले अध्यक्ष ओलीले सिकाएका विषय ग्रहण गरेर उल्टो बाटोलाई सुल्टो बनाउन सत्तारुढ दलहरुलाई सांसद बास्कोटाले सुझाव दिए ।
उनी भन्छन्, ‘तपाईंहरु (सत्तापक्षका सांसदहरु) ले कम्तीमा सिक्न पाउनुभयो । म बधाई भन्न चाहन्छु । इन्फरमेसन, रिफरमेसन र ट्रान्सफरमेसनको, सामाजिक विकासको मान्यतालाई तपाईंहरुले ग्रहण गर्नुस् सुल्टोबाटो यो हुन्छ होला ।’

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट