March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
निजामती ऐन र प्रहरी ऐन कार्यान्वयनको प्रक्रियामा छ : प्रधानमन्त्री केही समयमै कांग्रेस सरकारमा फर्किन्छ : महामन्त्री गगनकुमार थापा लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्छ : सांसद विष्णुकुमारी सापकोटा नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन दर्जनौं कानुन फास्ट ट्रयाकबाट संशोधन गर्दै सरकार कांग्रेस सांसद गुरुङको निलम्बन सर्वोच्चद्वारा फुकुवा कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री प्रचण्ड सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी अब सेवाको टोकन जारी भएकै लिन श्रम स्वीकृति दिइने , तिन सिफ्टमा सेवा सुचारु मिटरव्याज पिडीतमा विपन्न महिलाको ऋण मिनाह गर्ने मन्त्री चौधरीको भनाई पधेरीमा नुहाउन जादा हत्या भएकी युवतीको हत्या आरोपीत सार्वजनिक निर्माण व्यवसायीले सम्झौताअनुरूप गुणस्तरको काम नगरेको प्रधानमन्त्रीको भनाई बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै

धरानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दिए चेतावनी

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ 0८:१३
धरानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दिए चेतावनी

सुनसरी । बैँक तथा बित्तीय संस्थाहरूले चर्को ब्याज असुली गरेको भन्दै धरानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले चेतावनी दिएका छन् ।

धरानमा आयोजित बैँक तथा बित्तीय संस्थाविरुद्धको विरोध सभा कार्यक्रममा उनले सबैलाई यसकाविरुद्ध चैत्र २४ गते बन्द गर्न आग्रह गरे ।

वित्तीय संस्थाहरूमा सबै फटाहा रहेका बताउँदै यसले व्यवसायी तथा सर्वसाधारण सबैलाई चर्को व्याजदरले पिरोलिरहेको उनले बताए । विरोध सभामा बोल्दै प्रसाईँले चैत २४ गतेपछिको अर्को चरणको आन्दोलन चर्काउने चेतावनी दिए । उनले यसलाई अयिभानकै रूपमा लिएर हिँडेको बताउँदै आँफूलाई सबैले विश्वास गर्न आग्रह गरे ।

उनले भने–‘तपाईहरू नआत्तिनुस्, म बिक्ने मान्छे होइन, मलाई सांसद हुनु छैन, मैले सबै कुरा देखेर भोगेर आएको छु, मलाई केही चाहिँदैन, बस मलाई तपाईहरूको मुक्ति चाहियो ।’

प्रसाईले वित्तीय संस्थाकै कारण घर झगडा हुने गरेको बताउँदै २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनपर्ने माग राख्दै भने–‘अहिले एक करोड मान्छे बाहिर छन्, साउदी, कतार, दुबई लगायत अन्य पश्चिमा देशहरूमा नेपालीहरू छन्, यी मध्ये ४० प्रतिशत मान्छे युरोप, अमेरिका, क्यानडा लगायतका देशहरूमा छन्, ती गएका मान्छेहरू फर्किएर नआउने सम्भावना बढेको छ, युवाहरू नै पलायन भएपछि देशलाई धेरै घाटा छ ।’

प्रसाईले राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको रूपमा आफू लागि परेको बताए ।

विरोध सभामा शम्भु थापाले सम्बोधनका क्रममा बित्तीय संस्थाको चर्को ब्याजदरका कारण आम मानिस विदेशिन बाध्य भएको बताए ।

कार्यक्रममा लघुवित्तबाट पीडित भएका धरान १५ की ईन्द्रमाया श्रेष्ठ र बेलबारी ४ मोरङका गंगाराम विकले बोलेका थिए ।

संघर्ष समिति धरानका संयोजक तथा सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कोसी प्रदेशका अध्यक्ष भीषण शाक्यले आँफूहरूले ठाउँ–ठाउँमा गर्दै आएको सभा नितान्त वित्तीय संस्था र नागरिकको गुनासोमा आधारित रहेको बताए ।

कार्यक्रममा अभियान्ताहरू रमा सिंह, श्रीराम कँडेल, पूर्व सानू, सतिस पोख्रेल, देवेन्द्र कँडेल र धर्मराज खड्का लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक एञ्जिला कार्कीले बताइन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ 0८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट