April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० ११:५0
सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

झापा । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो ।

इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही नगरपालिका–५ आमबाडी बस्ने ५६ वर्षीय सविलाल खवासलाई नियन्त्रणमा लिएको जनाएको ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले चोरीका सामान, नगद र चोरी भएको अवस्थामा प्रयोग भएका फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित खवासलाई घरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता रिजालले पक्राउ परेका खवासलाई झापा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट