May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

मधेश सरकार मन्त्रीको लागि कुर्मीले खाए किरिया, रानीको लागि शर्माको पद धरापमा

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० 0८:४२
मधेश सरकार मन्त्रीको लागि कुर्मीले खाए किरिया, रानीको लागि शर्माको पद धरापमा

जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल समेत सहभागीता जनाएको छ । लोसपाबाट रमेशप्रसाद कुर्मीले बिहीबार राति मन्त्री पदको शपथ लिएका छन् ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसंगै मधेश सरकारले पूर्णता पाएको छ । वन तथा वातावरण मन्त्रीमा कुर्मीलाई बिहीबार राति आयोजित प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका छन् ।

Advertesment

ad

 

लोसपा संसदीय दलका नेता अभिराम शर्माले रानी शर्मालाई मन्त्री बनाउने अडान लिएपछि लोसपालाई सरकारमा सहभागी हुन ढिलाइ भएको थियो । केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको निर्देशन विपरीत शर्माले रानीलाई नै मन्त्री बनाउनुपर्ने भन्दै कुर्मीलाई मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कार्यालयमा पत्र दिन ढिलाइ गरेका थिए । हाल शर्मा संसदीय दलमासमेत अल्पमतमा परेका छन् । यद्यपि शपथग्रहण समारोहमा शर्मा पनि उपस्थित थिए ।

यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराइ मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या तथा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद् विस्तार गरिएको थियो । यता गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि मुख्मयन्त्री यादवले नै राखेका छन् । सुरिता साह र वसन्त कुशवाहा बिना विभागीय मन्त्री छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० 0८:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट