sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिँदै पीडित

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १३:0९
रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिँदै पीडित

काठमाडौँ । रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने सरकारी प्रयासविरुद्ध पीडित परिवारले राष्ट्रपतिको कार्यालयमा निवेदन दिने भएका छन् । टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिन लागेकी हुन् ।

‘आज सम्माननीय राष्ट्रपतिज्यू समक्ष निवेदन बुझाउन जाँदै छौँ’ रातोपाटीसँग कुरा गर्दै शारदा बोहराले भनिन्– ‘राजनीतिक सौदाबाजीको प्रयत्न भएको छ ।’

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेसमविरुद्ध जन्मकैद फैसला गरेको छ ।

जन्मकैदको फैसला ठहर भएका रेशमलाई आममाफी दिन सरकारले राष्ट्रपतिको कार्यालयसँग राय मागेको छ । केशव पत्नी शारदाले निर्दोष सिपाहीको न्यायका लागि अनवरत लडिरहेको बताइन् । उनले भनिन्– ‘हत्यारालाई सजाय दिलाउने कसममा रत्तिभर विचलित छैन ।’ न्यायको लागि बिन्ती गर्दा गरिरहँदा आममाफी र अध्यादेशमार्फत मुद्दा फिर्ता लिने छलफलले आफूलाई थप पीडा हुने गरेको उल्लेख गर्दै उनले भनिन्– ‘मेरो पति लगायतलाई प्रहार गर्दै गरेको हृदय विदारक चित्कारको आभास गराएको छ ।’

कर्तव्यपरायणको सिलसिलामा श्रीमानको हत्या भएपछि आफू र आफ्ना परिवारलाई राजनीतिले पटक–पटक जिउँदै मारेको उनको भनाई छ । बोहरा प्रश्न गर्छिन्– ‘निरन्तर घाउ माथि घाउ थपिएको छ, अपराधीले राजनीतिको खास्टो भिर्दैमा देशमा न्याय कायम हुन्छ ?’

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid