May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:३८
कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

जनकपुरधाम । मधेस प्रदेशको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको न क्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् ।

हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहीबार पक्राउ गरेको हो ।

सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पोषणसम्बन्धी एउटा गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद जयसवालले बताए । पाँच लाख रुपैयाँको गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेपछि कार्यालय प्रमुख भूदेव झाले प्रहरीलाई खबर गरेका थिए ।

सहनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि सहनीले किर्ते गरेको हुन सक्ने र किर्तेमा अन्य कर्मचारीको पनि संलग्नता हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सहनीलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।