sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कर्मचारिको क्षमता वृद्धि गराउन अध्यक्ष गफार मियाँले खराब रेकर्ड भएको भारतीयलाई डाके !

  • साझा परिवेश
  • शनिबार, जेष्ठ १३, २०८० १७:१0
कर्मचारिको क्षमता वृद्धि गराउन अध्यक्ष गफार मियाँले खराब  रेकर्ड भएको भारतीयलाई डाके !

जनतावाट उठाएको करको पैसामा मोज गर्न हरिनगर गा.पा. सुनसरीको अध्यक्ष गफार मिया लगाएत केहि  जनप्रतिनिधि र कर्मचारी टिम मोरङ्ग लेटाङ्गको  एक हलमा    कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम समापन गरेका छन् । सो कार्यक्रममा  विहारकाे बस्मतियाका निवर्तमान मुखिया आएपछि !! केहि प्रश्नहरु उव्जिएका छन् ?

  • के सुनसरी जिल्लामा कार्यक्रम गराउने वा गर्ने कुनै स्थान र हलहरु थिएन ? कि कर को पैसामा रिफ्रेस हुन् गए मोरङ ?
  • सुनसरीमै कार्यक्रम गर्दा अध्यक्ष र कर्मचारीले स्थानीयलाइ जवाफ दिनु पर्थ्यो ? कि कार्यक्रमको खर्च बढी देखाउनलाइ कार्यक्रमलाइ मोरङमा गरियो  ?
  • कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रममा भारतीय निवर्तमान मुखियालाई के का लागि अथिति बनाइयो ? (क) गा पा का अध्यक्ष गफार मियाँले सिमा क्षेत्रमा हुने ओसार पोसारको सेटिङ मिलाउन? (ख) निवर्तमान मुखिया मोजम्ममिल मियाँलाई कार्यक्रममा अतिथि बनाइ तत् पश्चात जनताको करको पैसाले मोज मस्ती गर्न ?

 

इनरुवा सुनसरी ।।

सुनसरीको हरिनगर गाउँपालिकाले आयोजना गरेको  कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम जेठ १२ गते शुक्रबारका दिन मोरङ लेटाङको  एक सभा हलमा सम्पन्न गरेको छ । सो कार्यक्रममा   विहार राज्यको बस्मतियाका  निवर्तमान  मुखिया  मोजम्ममिल मियाँ खराब  रेकर्ड भएका व्यक्तिलाइ  अथिति  बनाएका थिए ।

लेटाङको एक सभा हलमा  हरिनगर गाउँपालिकाकाे आयाेजना गरेको सो कार्यक्रममा  सुनसरी  क्षेत्र नं-४(ख) का प्रदेश सांसद इस्राईल मन्सुरीकाे प्रमुख आतिथ्यमा  सम्पन्न भएकाे कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रममा विहार राज्यको  बस्मतियाका निवर्तमान मुखिया मोजम्मील  मियाँ  समेत उपस्थित थिए । श्रोतका अनुसार मुखिया मियाँ  अपराधी गतिविधिमा संलग्न भएका कारण उनी यसपालीको  चुनावमा हारकाे सामना गर्नुपरेकाे थियाे ।

त्यास्ता अपराधी गतिविधिमा संलग्न रहेका मियाँलाइ  कसरी नेपालको एक गाउपालिकाको त्यो पनि  कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रममा अतिथि बनाएर डाकियो यस विषयमा  हरिनगर गा पाका सर्वसाधारण अचम्मित बनेका छन् ।अपराधी गतिविधिमा संलग्न रहेका मियाँले नेपालको कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रममा के गर्न गएका थिए वा प्रशिक्षण नै दिएका  थिए  भनेर बुज्न आफुहरु नसकेकाे हरिनगर गा पा का एक व्यक्तिले  हामीलाई नै प्रश्न गरेका छन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँले सत्ताकाे दुरुपयोग गरि  अपराधी गतिविधिमा संलग्न रहेका भारतिय व्यक्तिलाई अतिथि बनाएर कार्यक्रम गराएको यो तस्विरले नै बुझ्न सकिन्छ ।

कर्माचारीको  लागि गरिएकाे  उक्त कार्यक्रममा अपराधी गतिविधिमा मुछिएका भारतिय नागरिकलाई अतिथि राखेर कार्यक्रम गराउनुलाई सत्ताकाे दुरुपयोग गरि गा पा अध्यक्ष गफार मियाँले मनमानी गरेकाे भन्दा फरक नपर्ला  । जब सरकारका जिम्मेवार व्यक्तिलेनै त्यस्तो  कार्य गर्यो भने अन्यले के गर्ला भन्ने प्रश्न उब्जिएको छ यहा ?

श्राेतका अनुसार उनले मियाँलाई गाउँपालिकाकाे अन्य कार्यक्रममा पनि निम्तो साथै उपस्थित गराई रहेका थिए । गाउँपालिकाका अध्यक्ष गफार मियाँ निकट भएकाे कारणले गर्दा पटकपटक उनी हरिनगर गाउँपालिकाकाे कार्यक्रममा आउने गरेको  श्रोतको दावी छ । श्रोतका अनुसार जनतावाट उठाएको करको पैसामा मोज गर्न हरिनगर गाउँपालिपाका सुनसरीका जनप्रतिनिधि र कर्मचारी टिम मोरङ्गको  लेटाङ्गमा  उक्त कार्यक्रमको  आयोजना  गरेका थिए  । हरिनगर गाउँपालिका लगायत आसपासका क्षेत्रमा प्रशस्त कार्यक्रम गर्ने ठाउँ भएतापनी नेपाल सरकारकाे बजेट झ्वाम पार्ने र अपराधी गरिविधीमा मुछिएका भारतीय  नागरिकलाई घुमाउने जस्ता कामकाे लागि लेटाङमा उक्त कार्यक्रम गरेकाे श्राेतकाे दावी छ ।

यश बिषयमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मिया संग प्रतिक्रिया माग्दा “मुखिलालाई नित्याकाे हाेईन मुखियाको  काम थियो त्यहि भएर हाम्रो नेपालमा कस्तो किसिमले तालिम हुन्छ हेरौ  भनेर हेर्न आउनु भयो  ।” भनेर साझा परिबेशका प्रतिनिधिलाई जानकारी गराउनु भएको छ ।   उहाँलाईं नेपालको  कानुनमा भारतिय नागरिकलाई ल्याएर नेपाल सरकारको कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम देखाउन मिल्छ ? भनेर प्रतिप्रश्न गर्दा उनले “होइन मिल्दैन तर उदघाटन मात्र देखाएको हो  ।” भनी जवाफ फर्काए पनि भारतीय व्यक्ति मोजम्ममिल मियाँ कार्यक्रम अवधि भरिनै खदा लगाई कार्यक्रममा उपस्तथित थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सुनसरी क्षेत्र नं-४(ख) का प्रदेश सांसद इस्राईल मन्सुरी,स्थानीय सुशील ठाकुर , शिक्षक अजित कुमार मलिक, नईम अन्सारी ,भारत  बस्मतियाको  निवर्तमान मुखिया मोजम्मिल मियाँ लगायतको  उपस्थिति रहेको  थियो  भने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँको अध्यक्षतामा सो कार्यक्रम  सम्पन्न भएको  थियो ।

  • साझा परिवेश
  • शनिबार, जेष्ठ १३, २०८० १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid