sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बोराको एक गोदाममा आगलागी, ४० लाख बराबरको क्षति

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:00
बोराको एक गोदाममा आगलागी, ४० लाख बराबरको क्षति

बाँके । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो ।

राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब रु ४० लाखबराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताए । उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लास्टिक बोरी र काठ जलेर नष्ट भएको छ ।

विद्युत्‌को तार सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता डाँगीले बताए । दुईवटा बारुणयन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid