May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

कोसी प्रदेशबाट २४ प्रदर्शनकारी पक्राउ

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १0:४३
कोसी प्रदेशबाट २४ प्रदर्शनकारी पक्राउ

विराटनगर ।।

कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका ‘एलभी फोर्स’का २४ कार्यकर्ता पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो ।देवकोटाचोकमा प्रदर्शनको तयारी गरिरहँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेशसभा भवन घेराउ गर्ने उद्देश्यले उनीहरू त्यहाँ भेला भएका थिए ।

पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दीपा आङदाङवालगायत छन् । एलभी लेखिएको हेलमेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आजदेखि कोसी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।