April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

वाग्मती सरकारका निर्णय

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १२:३७
वाग्मती सरकारका निर्णय

काठमाडौं । वाग्मती प्रदेशको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ । प्रदेश सरकारको आजको बैठकले पाँच वटा प्रहरी इकाई भवनको निर्माणका लागि ६ करोड १५ लाख ५६ हजार अख्तियारी दिने निर्णय गरेको छ । बैठकले स्थानीय विपद् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरूलाई थप सशर्त अनुदान दिने निर्णय गरेको छ ।

जसमा नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र एक करोड १० लाख र मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख गरी कुल एक करोड ९० लाख रुपैयाँ दिइने छ । विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालनसम्बन्धी विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ । सिन्धुली अस्पतालमा घटेको घटनाको कारण भएको भौतिक संरचनाको क्षतिलाई बनाउन १० लाख रुपैया दिने निर्णय भएको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।