May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

संस्थागत भ्रष्टाचारले देश पछाडि परेको हो : प्रधानमन्त्री

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १४:५0
संस्थागत भ्रष्टाचारले देश पछाडि परेको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमलाई कागजको खोस्टो बन्न नदिनेगरी प्रयास गरिरहेको बताएका छन् ।आइतबार प्राध्यापक संगठनको कार्यक्रममा उनले नीति तथा कार्यक्रमलाई बजेटले सपोर्ट गरोस् भन्नेमा आफूहरूको ध्यान रहेको बताए ।
“भोलि बजेट आउँदै छ । जटिल परिस्थतिमा नीति कार्यक्रम ल्यायौं ।

हिजो निकै चर्को बहसका बीचबाट त्यो पारित पनि भयो,” उनले भने, “नीति कार्यक्रममा सम्बोधन गरिएका कुरालाई बजेटले सपोर्ट गरेन भने नीति कार्यक्रम कागजको खोस्टो बन्न जान्छ । हाम्रो कोसिस छ, बजेटले त्यसलाई सपोर्ट गरोस् ।” उनले बजेटमा धेरै नयाँ योजना राख्न नसकिए पनि कृषि उत्पादन र युवाहरूलाई रोजगारी दिने क्रान्तिकारी  कार्यक्रम ल्याउन लागिएको सु्नाए ।

बजेट जनताको बजेटको रूपमा स्थापित हुने विश्वास समेत व्यक्त गरे । “बजेटमा धेरै नयाँ कार्यक्रम, धेरै नयाँ योजना राख्न सक्ने स्थिति छैन । तर, ७५३ वटै पालिकामा कृषि उत्पादनमा वृद्धि गर्ने र युवाहरूलाई रोजगारी दिने एउटा क्रान्तिकारी कार्यक्रम हामी प्रस्तुत गदैछौँ । त्यसले साँच्चै जनताको काम गर्ने बजेटको रुपमा स्थापित हुनेछ,” प्रधानमन्त्रीले भने । नीति कार्यक्रममा शिक्षा ऐनलाई यथाशीघ्र पारित गर्ने विषय नीति कार्यक्रममा नै समेटिएको बताए । नेपालमा देशलाई आवश्यक शिक्षा नीति अवलम्बन गर्न नसकिएको स्वीकार गरे ।

उनले देश पछाडि पर्नुको एउटा कारण संस्थागत भ्रष्टाचार भएकाले त्यसका विरुद्ध लडाइँ सुरु भएको दाबी गरे । “देश पछाडि पर्नु, अर्थतन्त्रमा समस्या पर्नुको एउटा कारण हामीकहाँ विकर्सित भएको संस्थागत वेथिति हो,” प्रधानमन्त्रीले भने, “संस्थागत भ्रष्टचार, बेइमानी मुख्य कारण भएकाले त्यसका विरुद्ध एउटा लडाइँ सुरु गरिएको छ । यसमा सबैको सहयोग अपरिहार्य छ ।”

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।