sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वान एक्स बेटका ६ जना ‘मास्टर म्यानेजर’ काठमाडौँबाट पक्राउ

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १४:२0
वान एक्स बेटका ६ जना ‘मास्टर म्यानेजर’ काठमाडौँबाट पक्राउ

काठमाडौँ । अनलाइन बेटिङ साइट वान एक्स बेटका ६ जना मास्टर म्यानेजरलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले वान एक्स बेटका मास्टर म्यानेजरहरू दिलीप सिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी, वरुण कुमार सिंह, बासुदेव पाण्डे र शिवानी तामाङलाई पक्राउ गरेको हो । नेपालमा प्रतिबन्ध रहेको बेटिङमा लगानी गरिएको ६४ करोड रकम यो समूहले साइप्रस पुर्‍याएको समेत खुलासा भएको छ ।

वान एक्स बेटमा, खेलाडी (बेटिङ गर्ने व्यक्ति), वालेटमा पैसा लोड गरिदिने व्यक्ति म्यानेजर र म्यानेजरहरूबाट रकम लिने मास्टर म्यानेजर लगायतका व्यक्तिहरू संलग्न हुन्छन् । पक्राउ परेका ६ जना व्यक्तिहरू नेपालका मास्टर म्यानेजरहरू हुन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युवाहरूलाई कुलत र गलत क्रियाकलापबाट बचाउन अपराध अनुसन्धान कार्यालयले सुरु गरेको ‘सेभ द युथ’ अभियान अन्तर्गत यी व्यक्तिहरू पक्राउ परेका हुन् । मोबाइल वालेटमा भएको अस्वाभाविक कारोबारका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट एकैजनाले २ सयवटा सम्म सिमकार्ड बोकेको पाइएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid